पीडा सहेर शल्यक्रियाको समय पर्खनुपर्ने बाध्यता

संखुवासभा सभापोखरी गाउँपालिका–६ की हर्कमाया तामाङको पीडाको कुरा गरी साध्य छैन । ७ महिना अगाडि मात्रै उहाँको थाइराइडको शल्यक्रिया भएको निशानी घाँटीमा छँदैछ । उहाँलाई त्यो भन्दा पनि बढी पीडा २५ वर्षीय जवान छोराको दुवै मृगौलाले काम गर्न छोडेपछि भएको छ । छोराको डायलासिस गराउन वीर अस्पताल आउनु भएकी ५२ वर्षीया तामाङको मुहारमा यो पीडा प्रष्ट झल्किन्छ । उहाँले छोराको डायलासिसको लागि आउजाउ गरिरहनुपर्छ भनेर कपनमा डेरा लिएको नै पाँच महिना भइसक्यो । ‘महिनाको ९ हजार कोठा भाडा मात्रै तिर्नुपर्छ । अरु खर्चको त हि...