राष्ट्र बैंक चालु पुँजी कर्जासम्बन्धी नीति संशोधन गर्न तयार

काठमाण्डौ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जासम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार गरेको बताउनुभएको छ ।  आज बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले चालु पुँजी कर्जासम्बन्धी नीति संशाेधन गर्न राष्ट्र बैंक तयार गरेको बताउनुभएको हो । उहाँले उद्योगी, व्यवसायी, बैंकर लगायत सरोकारवाला निकायले दिने सुझावमा त्याे नीति संशाेधन गर्न तयार रहेको बताउनुभयो । उद्योगीको मागअनुसार चालु पुँजी कर्जासम्बन्धी नीति फिर्ता भने हुन नसक्ने उह...

सम्बन्धित सामग्री

चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै राष्ट्र बैंक

केन्द्रीय बैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गर्ने भएको छ । उद्योगी, व्यवसायी तथा बैंकरहरूसँगको छलफलपछि नेपाल राष्ट्र बैंकले यससम्बन्धी मार्गदर्शन संशोधन गर्न लागेको हो । गभर्नर कार्यालय स्रोतका अनुसार, मार्गदर्शन परिमार्जन गरी पुसभित्रै राष्ट्र बैंकले नयाँ व्यवस्था जारी गर्नेछ । अहिले बैंक तथा वित्तीय संस्था नियमन विभागले यसको तयारी गरिरहेको छ । मार्गदर्शन संशोधन […]

चालु पुँजी कर्जा सम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जासम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार रहेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरोकारवाला निकायका केही असहमति भए चालु पुँजी कर्जासम्बन्धी नीति संशोधन गर्न राष्ट्र बैंक तयार रहेको बताए ।