याे वर्ष नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने विश्व बैंकको संशोधित अनुमान

काठमाण्डाै – विश्व बैंकले नेपालको चालु आर्थिक वर्षमा नेपालको वृद्धिदर ५ दशमलव ८ प्रतिशत हुने संशोधित अनुमान सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको 'साउथ एसिया इकोनोमिक फोकस' मा यसअघि गरिएको ३ दशमलव ७ प्रतिशतमात्र रहने प्रक्षेपणलाई संशोधन गरी यो वर्ष ५ दशलमव ८ प्रतिशत वृद्धिदर पुग्ने उल्लेख छ । कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनेको, सीमा नाकाबाट व्यापार सहज भएको र लगानीका लागि कर्जा प्रवाहको अवस्थालाई मध्यनजर गरेर नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको विश्व बै...

सम्बन्धित सामग्री

आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक बर्ष २०७९–८० मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । तथ्यांक कार्यालयले विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले अनुमान गरेभन्दा कम आर्थिक वृद्धि हुने अनुमान मंगलबार जारी […] The post आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपालको आर्थिक वृद्धिदार ४ प्रतिशत : विश्व बैंक

काठमाडौं । विश्व बैंकले आगामी आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत हाराहारीमा सीमित हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो ‘ग्लोबल इकनमिक प्रस्पेक्ट’ प्रतिवेदन का अनुसार सन् २०२२/०२३ मा नेपालको आर्थिक बृद्धिदर ४.१ प्रतिशत हुने देखिएको हो । विश्व बैंकले यसअघि जनवरीमा गरेको प्रक्षेपणभन्दा शून्य दशमबल २ प्रतिशत बिन्दुले बृद्धिदरको अनुमान […]

यो वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत : विश्व बैंक

काठमाडौं (अस) । चालू आर्थिक वर्ष (आव) मा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत पनि नहुने देखिएको छ । विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो । बैंकले बुधवार सर्वजनिक गरेको दक्षिण एशियाको आर्थिक वृद्धिसम्बन्धी एउटा प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार चालू आवमा नेपालको अर्थतन्त्र ३ दशमलव ७ प्रतिशतले मात्रै बढ्नेछ । यो वृद्धिदर यसअघि अनुमान गरिएको भन्दा शून्य दशमलव २ प्रतिशत विन्दुले कम हो । रूसले युक्रेनमा गरेको आक्रमणपछि उत्पन्न परिस्थितिको प्रभाव विश्व अर्थतन्त्रका लागि चुनौती बनेको छ । नेपाली अर्थतन्त्रमा पनि त्यसको बाछिटा देखिने बैंकले बताएको छ । आगामी आवमा भने अर्थतन्त्र ४ दशमलव १ प्रतिशतले बढ्ने बैंकको अनुमान छ । यो पनि यसअघि गरिएको प्रक्षेपणभन्दा शून्य दशमलव ६ प्रतिशत विन्दुले कम हो । वर्ष २०२४ मा भने अर्थतन्त्र ५ दशमलव ८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गएको साता मात्रै एशियाली विकास बैंक (एडीबी)ले यो वर्ष नेपाली अर्थतन्त्र ३ दशमलव ९ प्रतिशतले बढ्ने प्रक्षेपण सार्वजनिक गरेको थियो । चालू आवमा ७ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने सरकारको लक्ष्य छ । युक्रेन संकटपछि विश्वभर वस्तुको भाउ बढेको छ । महँगीले नेपालमा पनि निर्माण लागतका साथै उपभोक्ता मूल्य बढ्ने विश्व बैंकको अनुमान छ । चालू आवमा नेपालको उपभोक्ता मूल्य ६ प्रतिशतले बढ्ने बैंकको अनुमान छ । सन् २०२२ मा दक्षिण एशियाको आर्थिक वृद्धिदर ६ दशमलव ६ प्रतिशत हुने विश्व बैंकको अनुमान छ । आगामी वर्ष भने यो दर ६ दशमलव ३ प्रतिशतमा ओर्लिने बताइएको छ ।

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै : विश्व बैंक

२८ पुस, काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा सार्क मुलुकमध्ये श्रीलंका, पाकिस्तान र नेपाल सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकमा रहने प्रक्षेपण गरेको छ । सन् २०२२ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस वर्ष नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न सक्ने अनुमान गरेको छ । नेपाल सरकारले भने ७ प्रतिशत […]