१ करोड ८० लाख मतदाता, सबभन्दा धेरै मोरङमा

३१ भदौ, काठमाडौं । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा झण्डै १ करोड ८० लाख मतदाताले मताधिकार पाउने भएका छन् । निर्वाचन आयोगले १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको अन्तिम नामावली स्वीकृत गरेको हो । जसमा ३ मंसिरसम्म १८ वर्ष उमेर पुरा हुने ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख ४० हजार ८०६ […]

सम्बन्धित सामग्री

अफ्रिकाको हर्नमा १ करोड ८० लाख मानिस विस्थापित

नैरोबी – हर्न अफ अफ्रिका क्षेत्रमा करिब १ करोड ८० लाख मानिस आन्तरिक रूपमा विस्थापित भएको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)ले शुक्रबार जारी गरेको प्रतिवेदनमा जनाएको छ। संयुक्त राष्ट्रसंघको आप्रवासन एजेन्सीले विस्थापित जनसङ्ख्या अधिकांश सुडान (४९ प्रतिशत), सोमालिया (१९ प्रतिशत), इथियोपिया (१९ प्रतिशत) र दक्षिण सुडान (११ प्रतिशत) रहेको उल्लेख गरेको छ। सुडानमा द्वन्द्वको प्रकोपका कारण […]

किकोचलाई आनी छोइङ फाउन्डेसनको १ करोड ८० लाख सहयोग

बालबालिकाहरूलाई सुलभ रुपमा गणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गैर नाफामूलक संस्थाका रूपमा स्थापना भएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई आनी छोइङ डोल्मा फाउन्डेसनले १ करोड ८० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

बाल अस्पताल निर्माणका लागि आनी छोइङ डोल्माद्वारा १ करोड ८० लाख रुपैयाँ सहयोग

काठमाडौँ – आनी छोइङ डोल्मा फाउण्डेशनले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई रु एक करोड ८० लाख सहयोग प्रदान गरेको छ। फाउण्डेशनले काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा बहुविशिष्टकृत बाल अस्पताल किओच–काठमाडौँ बाल अस्पताल ‘हब’ को  भवन निर्माणका लागि रु एक करोड ८० लाख सहयोग गरेको हो। अस्पताल निर्माणका लागि सहयोग जुटाउन प्रयत्नशील फाउण्डेशनका संस्थापक समाजसेवी एवं […]

बुद्ध एयर २५ वर्ष पूरा

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले २५ वर्षको उडानका क्रममा १ करोड ८० लाख ३२ हजार यात्रुलाई सेवा दिएको छ । बुद्धले २५ वर्षको दौरानमा २ लाख ६४ हजार ९ सय १८ उडानमार्फत १ करोड ८० लाख ३२ हजार यात्रुले यात्रा गरेको जनाएको छ ।सन् १९९७ अक्टोबर ११ (२०५४ असोज २५)मा बिचक्राफ्ट विमानमार्फत […]

काठमाडौँ महानगरबाट १ करोड ८० लाख मूल्य बराबरका १५ वटा शववाहन हस्तान्तरण

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले १ करोड ८० लाख मूल्य बराबरका ह्वील स्ट्रेचरसहितका १५ वटा शववाहन विभिन्न अस्पताल र नगरपालिकालाई एकसाथ हस्तान्तरण गरेको छ। काठमाडौँ महानगर प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार ती शववाहनको साँचो हस्तान्तरण गरेका हुन्। साँचो हस्तान्तरणपछि सम्बोधन गर्दै प्रमुख शाक्यले यसअघि पनि सामुदायिक, सरकारी र निजी अस्पताललाई सहयोग गर्दै आएको स्मरण गराए। ‘काठमाडौँ महानगरपालिका […]

‘म यस्तो गीत गाउँछु २’ को दुई दिनको कमाइ १ करोड ८० लाख

चलचित्रले शुक्रबार ७० लाख र सार्वजनिक बिदा भएको शनिबार १ करोड १० लाखको कमाइ गरेको शर्माले फेसबुक मार्फत जानकारी गराएकी हुन् । चलचित्रमा दर्शकको भिडले आफूलाई नयाँ उत्साह थपेको उनले बताएकी छन् ।

स्थानीय तह चुनावका लागि झन्डै १ कराेड ८० लाख मतदाता : आयाेग

काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि झन्डै १ करोड ८० लाख मतदाता हुने जनाएको छ । निर्वाचन आयोगले आज आइतवार पत्रकार सम्मेलन गरी २०७९ साल वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिन मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने अनुमान गरेको जानकारी दिएको हो । चुनाव हुने अघिल्लो दिनलाई १८ वर्ष पुग्ने अन्तिम दिन मान्दा झन्डै दुई लाख जना मतदाता थपिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । यसअघि चुनावको मिति घोषणा भएको दिनलाई १८ वर्ष पुग्ने अन्तिम दिन म...

भारतमा सोमबारदेखि कोरोनाबिरुद्ध ‘बुस्टर’

सोमबारमात्रै करिब १ करोड ८० लाख नयाँ संक्रमित थपिएको भारतमा सोमबारदेखि जोखिममा रहेका बृद्धबृद्धा, स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा काम गर्नेहरुका लागि कोरोना भाइरसबिरुद्धको बुस्टर डोज लगाउन सुरु गरिएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार यस योजनाअनुसार करिब ५ करोड ७५ लाख मानिसहरुलाई बुस्टर डोज लगाइने छ। तीमध्ये २ करोड ७५ लाख ६० वर्ष उमेर समूहका हुनेछन् भने […]

पर्यटन प्रवर्द्धन तथा पूर्वाधार कार्यक्रमका लागि दोलखामा १ करोड ८० लाख खर्च

असोज २०, दोलखा । पर्यटन प्रवर्द्धन तथा पूर्वाधार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा दोलखामा १ करोड ८० लाख खर्च हुने भएको छ । वाग्मती प्रदेश सरकारबाट डिभिजन वन कार्यालय मार्फत उक्त रकम खर्च हुने भएको हो । चालू आवमा पर्यटन प्रवर्द्धन तथा पूर्वाधार कार्यक्रम अन्तर्गत विभिन्न १० योजना/कार्यक्रममा वाग्मती प्रदेश सरकारबाट १ करोड ८० लाख विनियोजन भएको डिभिजन वन कार्यालय दोलखाका प्रमुख शिव सापकोटाले अभियान दैनिकलाई बताए ।  सापकोटाका अनुसार जिल्लाका विभिन्न स्थानीय तहहरुमा उक्त कार्यक्रम अन्तर्गत ३० लाख देखि १० लाख सम्म रकम विनियोजन भएको  छ । विनियोजित रकम मध्ये सबैभन्दा बढी भीमेश्वर नगरपालिका वडा नम्बर ३ मा अवस्थित कोटीहोम धार्मिक स्थलका लागि पूर्वाधार निर्माण गर्न ३० लाख विनियोजन भएको छ । यसैगरी, अन्य कार्यक्रमहरुमा बैतेश्वर गाउँपालिका वडा नम्बर ६ मा बुद्धपार्क निर्माणका लागि २० लाख, शैलुङ गाउँपालिका मा रहेको ऐतिहासिक गोल्मा राजा–गोल्मा रानीमा छोर्तेन निर्माणका लागि २० लाख, मेलुङ गाउँपालिका वडा नम्बर ४ मा फुर्केसल्ला–शैलुङ पदमार्गका लागि २० लाख तथा तामाकोशी गाउँपालिका स्थित कालिदेवी–देउराली गढी पदमार्गका लागि २० लाख विनियोजन भई आएको डिभिजन बन कार्यालय दोलखाको भनाइ छ ।  यस्तै साङ् खोला चोक सांस्कृतिक पदमार्गको लागि १५ लाख, भीमेश्वर नगरपालिका वडा नम्बर ४ मा पाण्डव पार्कका लागि १५ लाख, तामाकोशी गाउँपालिकामा तामाकोशी–देउराली–हिले पदमार्गका लागि १५ लाख, भद्रावती कुण्ड निर्माणका लागि १५ लाख र भीमेश्वर नगरपालिका वडा नम्बर ६ मा देउराली पकिनिक पार्क निर्माणका लागि १० लाख रुपौयाँ विनियोजन भएको डिभिजन प्रमुख सापकोटाले बताए ।  यसैगरी राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन शीर्षकमा चालू आवका लागि समूदायिक वनमा फलफूल खेती, बाँस रोपण, थिनिङ, वातावरण संरक्षण तथा शहरी वन कार्यक्रम लगायतमा डिभिजन वन कार्यालयमार्फत १ करोड ३६ लाख खर्च हुने सापकोटाको भनाइ छ । प्रदेशबाट आएका प्रायः सबै कार्यक्रमहरु पूर्वाधार विकासका भएको तर डिभिजन वनसँग इञ्जिनीयरको दरवन्दी नभएकोले कार्यक्रमहरु कसरी अगाडि बढाउने भन्ने समस्या भएको डिभिजन प्रमुखको सापकोटाको भनाइ छ । यसका लागि सम्बन्धित मन्त्रालयसँग कुरा भइरहेको उनले बताए ।  जिल्लामा सामुदायिक वन समूहहरु र डिभिजन वन कार्यालयलाई जोड्ने वातावरण तथा वन विकाससँग सम्बन्धित कार्यक्रमहरु मग गरी विभिन्न प्रस्तावहरु मन्त्रालयमा पठाइएता पनि त्यस्ता कार्यक्रमहरु स्वीकृत नभएको डिभिजन वन कार्यालय दोलखाको गुनासो छ ।