झापा– सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा चार करोड ७० लाख ९३ हजार ४९७ मूल्यको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका अनुसार आर्थिक वर्ष २०८२–८३ को साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा कम्पनीले ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको हो । शिवसताक्षी नगरपालिका […]
अमेरिकाले नियन्त्रणमा लिएका भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई ब्रुकलिनस्थित हिरासत केन्द्रमा राखिएको छ। न्युयोर्क प्रहरी विभागले मादुरोलाई ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टर पुर्याएको हो। उनलाई हेलिकप्टरमार्फत म्यानहट्टन ल्याइएपछि कानुन कार्यान्वयन निकायका सवारी साधनहरूको लस्कर (मोटरकेड) मार्फत उक्त हिरासत केन्द्र पुर्याइएको हो। यस हिरासत केन्द्रमा यसअघि पनि धेरै चर्चित संघीय मुद्दाका अभियुक्तहरूलाई राखिसकिएको छ। तीमध्ये संगीत व्यवसायी सिन […]
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा राजनीतिक संक्रमण नहुँदासम्म अमेरिका स्वयंले देश “चलाउने” दाबी गरेका छन्। अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको केही घण्टापछि ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले “सुरक्षित, उचित र विवेकपूर्ण संक्रमण नहुँदासम्म अमेरिका भेनेजुएला चलाउनेछ” भने। उनका […]
२० पुस, काठमाडौं । प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोट वरपर रहेका पुरातात्विक महत्वको क्षेत्रको जग्गा अधिग्रहणका लागि मुआब्जा दर निर्धारण गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागले विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने …
देशभर अत्यधिक चिसो बढ्दै गएकाले स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ। जाडोयामसँगै तापक्रम सामान्यभन्दा कम हुँदा शीतलहर, हुस्सु, कुहिरो र हिमपातजस्ता मौसमी अवस्थाले जनस्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको मन्त्रालयको भनाइ छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार चिसोका कारण रुघाखोकी, ज्वरो, दम बढ्ने, सास […]