संसद्मा उठ्यो निर्वाचन आयोगको अनियमितता : ५ सय ८१ वटा ल्यापटप खोइ ?

निर्वाचन आयोगले गरेको अनियमितताको विषय प्रतिनिधिसभाको बैठकमा उठेको छ । बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद मीना सुब्बाले आयोगले ल्यापटप तथा छपाई मेसिन खरिद गरेर कामै नगरी अलपत्र पारेको विषय उठाएकी हुन् । पछिल्लो समय चौतर्फी आर्थिक अनियमितता भइरहेको बताउँदै सांसद सुब्बाले निर्वाचन आयोगले किनेको करोडौँको सामान प्रयोगविहीन भएको जानकारी गराइन् । महालेखा परीक्षकको कार्यालयका अनुसार निर्वाचन आयोगले किनेको ५ सय ८१ वटा ल्यापटप अहिले प्रयोगविहीन अवस्थामा रहेको उनले बताइन् । सां