टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्।...

सम्बन्धित सामग्री

सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र नेपालमा हुने सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ। तर कूटनीतिक चार्टर उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन् ।गत जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवा विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउने प्रयास स्वरूप प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अन्य सबै चार्टर उडानमा प्रतिबन्ध लगाएको छ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन् । सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।सोमबार बिहानैदेखि काठमाडौंको मौसम धुम्म भएका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।  मौसममा सुधार हुनेबित्तिकै उडान र अवतरण नियमित हुने उनको भनाइ छ । भिजिबिलिटी कम हुँदा

काबुल अन्तर्राष्ट्रिय बिमानस्थलमा चाँडै नै अन्तर्राष्ट्रिय उडान हुने

काबुल अन्तर्राष्ट्रिय बिमानस्थलमा चाँडै नै अन्तर्राष्ट्रिय उडान हुने भएको छ।

वर्षाले रोकेन अन्तर्राष्ट्रिय उडान

काठमाडौं। आज बिहानैदेखि वर्षा भइरहेपनि अन्तर्राष्ट्रिय हवाई उडान रोकिएको छैन। बिहानैदेखि मनसुनी वायुका कारण देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि उडान प्रभावित नबनेको विमानस्थल कार्यालयले बताएको छ। अन्तर्राष्ट्रिय उडानका लागि भिजिबिलिटी ५०० हुनुपर्छ।

आजदेखि अन्तर्राष्ट्रिय उडान खुल्यो

काठमाडौं : कोरोना भाइरसको जोखिम र संक्रमणको कारण रोकिएको अन्तर्राष्ट्रिय उडान आजदेखि सुरु हुँदैछ। सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेअनुसार आजदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुनेछ भने आगामी असार १७ गतेदेखि आन्तरिक उडान खुल्नेछ। आज पहिलो दिन दुई वटा मात्रै उडान हुनेछ। नेपाल एयरलाइन्सले कतारको दोहाका लागि उडान भर्नेछ भने टर्कीस एयरलाइन्सले इस्तानबुलबाट यात्रु लिएर आउने नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।जनस्वास्थ्यका मापदण्डको पूर्ण प

अन्तर्राष्ट्रिय उडान जेठ १७ सम्म बन्द

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म रोक्ने निर्णय भएको छ। मन्त्रालयमा आज भएको छलफलले अन्तर्राष्ट्रिय उडान तत्काल नखोल्ने निर्णय गरेको हो। यद्यपि यस अवधिमा नेपाल–भारत उडान भने निरन्तर रहनेछ। वैशाख २२ गते रातीदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएको थियो।

आजदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गए रातिदेखि अन्तरराष्ट्रिय उडान पनि रोकिएको छ। कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरे अनुसार आजबाट सबै उडान सेवा बन्द गरिएको हो । मन्त्रिपरिषद्को वैशाख १९ मा भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै स्थगन गर्ने निर्णय गरेको थियो ।नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक

मध्यरातिदेखि स्थगन हुँदै अन्तर्राष्ट्रिय उडान

मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्यरातिदेखि अन्तर्राष्ट्रिय उडान स्थगन हुँदैछ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो।...

बिहीबार रातिबाट अन्तर्राष्ट्रिय उडान बन्द,आज ५१ वटा उडान-अवतरण

२३ वैशाख, काठमाडौं । आज (बिहीबार) राति १२ बजेटबाट नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान बन्द हुँदैछन् । सरकारले नेपालमा बढ्दो महामारी नियन्त्रणका लागि भन्दै रातिबाट भारतसँग सातामा दुई उडान छाडेर सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । पहिलो चरणमा वैशाख मसान्तसम्म हवाई उडान बन्द हुनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार अन्तिम दिन अन्तर्राष्ट्रियतर्फ […]

अन्तर्राष्ट्रिय हवाइ उडान आजदेखि बन्द हुँदै

काठमाडौं, बैशाख २३ । सरकारले आजदेखि अन्तर्राष्ट्रिय हवाइ उडान बैशाख मसान्तसम्म बन्द गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आज राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द हुन लागेका हुन् । वैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठकले आजदेखि बैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको थियो । आन्तरिक उडान भने बैशाख २१ […]