घरेलु खेलकुदमा नेपाली महिला फुटबलमा उमेर समूहका धेरै प्रतियोगिता हुँदैनन् । उमेर समूहका प्रतियोगिताको नाममा हुने भनेको विद्यालय स्तरीय खेलकुद प्रतियोगिता मात्र हुन् । त्यसको असर अहिले नेपाली महिला फुटबलमा देखिएको छ । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल जित विहीन बनेको छ । प्रतियोगितामा चार खेल खेल्दा नेपालले एक खेलमा पनि जित निकाल्न सकेन । जित विहीन नेपालको प्रदर्शन पनि सम्झन लायक रहेन । उसो त प्रतियोगितामा नेपालले सहभागिता जनाउनु पहिले नै नेपालका प्रशिक्षक दर