संसद विघटन विरुद्धको मुद्धामा आज पनि जवाफी बहस हुने, रिट निवेदकलाई २ घण्टाको समय बाँकी

काठमाडौं । संसद विघटन विरुद्धको मुद्धामा रिट निवेदक पक्षको जवाफी बहस आज पनि जारी रहनेछ । जवाफी बहसको लागि अब २ घण्टा समय बाँकी रहेको छ । आज वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल र बद्रीबहादुर कार्कीले जवाफी बहस गर्नुहुनेछ । त्यसपछि अदालतका सहयोगि अर्थात एमिकस क्युरीको राय लिने काम हुनेछ । हिजो जवाफी बहस […]

सम्बन्धित सामग्री

संसद विघटन सम्बन्धी मुद्दाको फैसला आज आउँदै

काठमाडौँ – संसद विघटनसम्बन्धी मुद्दाको फैसला सोमबार आउँदै छ । असार २१ गते सोमबार रिट पक्षीयको जवाफ र एमिकस क्यूरीको धारणा सुनेपछि सर्वोच्च अदालतले असार २८ गते सोमबार (आज) का लागि फैसला मिति तोकेको थियो । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तथा संसद विघटन बदरको मागसहित १४६ जना सांसदले सर्वोच्चमा रिट […]

संसद विघटन मुद्दामा सकियो सुनुवाई, असार २८ गतेका लागि तोकियो अर्को पेशी

काठमाडौं, असार २१ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सुनुवाई सकिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वको संवैधानिक इजलाशले रिट निवेदक र विपक्षी सरकारतर्फका कानुन व्यवसायी र एमिकस क्यूरी (अदालतका सहयोगी) समेतको तर्फबाट सुनुवाई सकाएको हो । सोमबार रिट निवेदक शेरबहादुर देउवासहित १४६ जना सांसदका तर्फबाट जवाफी बहस र […]

संसद विघटन सम्बन्धी मुद्दाकाे सुनुवाइ सुरु

काठमाडाैँ – दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाई सर्वोच्च अदातलको संवैधानिक इजलासमा सुरु भएको छ। संसद विघटन सम्बन्धी मुद्दामा राष्ट्रपति र प्रधानमन्त्रीले सर्वोच्चको माग अनुसार लिखित जवाफ पेश गरिसकेका छन्। गएको जेठ २६ गते कारण देखाउ आदेश जारी भएको थियो। सो मुद्दाको सुनुवाई बुधबारदेखि सुरु भएको हो। संसद […]

विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध आज सर्वोच्च रिट दायर नगर्ने

काठमाडौँ / विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर नगर्ने भएका छन् । आइतबार समय अपुग भएकाले सोमबार विहान १० देखि ११ बजेका बीचमा सर्वोच्च अदालत जाने बताइएकाे छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेका छन्... The post विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध आज सर्वोच्च रिट दायर नगर्ने appeared first on Purbeli News.

संसद विघटनविरुद्ध विपक्षी गठबन्धनको रिट तयार, सांसदहरुले हस्ताक्षर गर्दै

९ जेठ, काठमाडौं । विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिट तयार पारेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेको हो । रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले […]

संसद विघटन मुद्दामा रिट निवेदक पक्षका वकिलको बहस सकियो

रिट निवेदनका पक्षमा बहस गर्ने सबै वकिलहरू प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै अधिकार नएकाले यो असंवैधानिक कदम खारेज हुन पर्ने माग गरेका छन्।

संसद विघटनबारे संविधानसभामा भएको सहमतिको अभिलेख झिकाउन माग

५ माघ, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका निवेदकहरूले संसद विघटन सम्बन्धी संविधानसभामा भएको सहमतिको रेकर्ड झिकाउन माग गरेका छन् । रिट निवेदक मध्येका एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतबार संवैधानिक इजलासमा यस्तो माग राखेका हुन् । २०४७ सालको संविधानको धारा ५३ को (४) मा स्पष्ट रुपमा प्रधानमन्त्रीलाई संसद विघटन […]

संसद विघटन प्रकरण : रिट निवेदकहरुले मागे बृहत पूर्ण इजलास

२२ पुस, काठमाडौं । रिट निवेदकहरुले संसद विघटनको मुद्दामा सुनुवाईका लागि वृहत पूर्ण इनलास गठनको माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेका छन् । त्यसविरुद्ध परेको १२ वटा रिटमा विपक्षीहरुको लिखित जवाफ मागेर बुधबारदेखि संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरु हरिकृष्ण […]