प्रदेश २ का जिल्ला अस्पताल प्रादेशिकमा स्तरोन्नति गरिने

जनकपुरधाम – प्रदेश २ सरकारले प्रदेशका सम्पूर्ण जिल्ला अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकले अध्यादेशमार्फत स्थापना गर्न लागेको प्रदेश कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ अनुदान दिने निर्णयसमेत गरेको छ। सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालयको तयारीका लागि सो रकम दिने […]