परिसंघको महिला नेतृत्व शिखर सम्मेलन माघमा

नेपाल उद्योग परिसंघले २९ पुसदेखि १ माघसम्म महिला नेतृत्वदायी शिखर सम्मेलनको आयोजना गर्ने भएको छ ।परिसंघको महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा तीन दिने सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल […]

सम्बन्धित सामग्री

महिला नेतृत्व शिखर सम्मेलन सम्पन्न

काठमाडौं । नेपाल उद्योग परिसंघ महिला नेतृत्व मञ्चले आयोजना गरेको दुईदिने महिला नेतृत्व शिखर सम्मेलन आठबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । वित्तीय पहुँच बढाउँदै महिलालाई आत्मनिर्भर बनाउनेतर्फ नीतिगत व्यवस्था हुनुपर्ने र भएका नीतिको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा सम्मेलनमार्फत जोड दिइएको छ । विश्वव्यापी व्यापार, प्रत्यक्ष विदेशी लगानी (एफडीआई), अन्तर–क्षेत्रीय सम्बन्ध र नेटवर्कमा महिलालाई वित्तीय र डिजिटल साक्षरतामा थप पहुँच चाहिने सुझाव सम्मेलनको छ । समावेशी संयन्त्र, नीति निर्माण एवं प्रणालीको विकास कार्यमा महिलाको सहभागिता बढाउने गरी ठोस व्यवस्था गर्नुपर्ने सम्मेलनको निष्कर्ष छ । राजनीतिक स्थानमा महिला सहभागिताका लागि न्यूनतम थ्रेसहोल्ड ३३ प्रतिशत रहेको भए पनि राजनीतिक क्षेत्रमा लैंगिक समानता हासिल गर्न महिलाको प्रतिनिधित्व कम्तीमा ५० प्रतिशत बनाउन आग्रह गरिएको छ । यसैगरी लैंगिक न्याय, लैंगिक समानता अघि बढाएर आर्थिक, सामाजिक तथा राजनीतिक प्रगतिका लागि निर्णायक तहमा महिलाको उपस्थिति बढाउनुपर्नेमा सम्मेलनमा सहभागी राजनीतिकर्मी, परिवर्तनकारी महिला र राष्ट्रिय एवंं अन्तरराष्ट्रिय विज्ञहरूले जोड दिएका छन् । सम्मेलनको अन्तिम दिन जारी गरिएको घोषणापत्र नेपाल सरकारलाई हस्तान्तरण गरिएको मञ्चले बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोयानारायण ज्ञवाली र राष्ट्रिय योजना आयोगका सहसचिव बाबुराम सुवेदीलाई उक्त घोषणापत्र हस्तान्तरण गरिएको हो । घोषणापत्र बुझ्दै सचिव ज्ञवालीले सम्मेलनमा गरिएको छलफल समय सान्दर्भिक एवं सुझावहरू महिला सशक्तीकरणका लागि महत्त्वपूर्ण भएको बताए । ‘नेतृत्वमा महिला’, ‘अर्थतन्त्रमा महिलाको योगदान’ र ‘परिवर्तनका संवाहक महिला’ विषयमा भएका बहस, विमर्श एवं छलफलबाट निकालिएका सुझाव सरकारले आगामी दिनमा नीतिगत रूपमा सम्बोधन गर्ने परिसंघको विश्वास छ । कोभिड–१९ महामारीपछि महिला नेतृत्वका तीनओटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर आयोजित सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स, जर्मनीलगायत मुलुकका राजनीतिक, आर्थिक, सामाजिक, वातावरणीय लगायत क्षेत्रमा स्थापित, रूपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्व समेत गरी करीब ४०० जनाको सहभागिता थियो । शनिवार सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुभएको थियो । सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पुर्‍याएका म्यागी डोइन र सोनिका मानन्धरलाई ‘इन्स्पायरिङ ओमन अफ द इयर’बाट सम्मान गरिएको थियो । सम्मेलनमा उद्यमशीलता प्रवर्द्धनका लागि महिला उद्यमीबाट उत्पादित स्वदेशी वस्तुको प्रदर्शनी समेत गरिएको थियो ।

महिला नेतृत्व शिखर सम्मेलन सुरु

नेपाल उद्योग परिसंघ (सिएनआई)को आयोजनामा दुईदिने महिला नेतृत्व शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको सम्मेलन परिसंघ महिला नेतृत्व मञ्चको संयोजन सुरु भएको हो । सम्मेलन...

समाजका हरेक गतिविधिमा महिला सहभागिता अनिवार्य : प्रधानमन्त्री दाहाल

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक गतिविधिहरूमा महिलाको सहभागिता अनिवार्य रहेको बताएका छन् । शनिबारबाट काठमाडौंमा सुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन–२३’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले राजनीतिक क्षेत्रमा मात्र नभइ समाजका...

समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन् । उनले लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उल्लेख गरे । नेपाल उद्योग परिसङ्घ महिला नेतृत्व मञ्चको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन–२३’ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक नेतृत्वमा मात्र नभई समाजका हरेक गतिविधिमा महिला […]

‘महिला नेतृत्व शिखर सम्मेलन–२०२३’ हुँदै

काठमाडौं । नेपाल उद्योग परिसंघले चैत ११ र १२ गते आयोजना गर्न लागेको महिला नेतृत्व ‘शिखर सम्मेलन–२०२३’ को तयारी पूरा भएको जानकारी दिएको छ । परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा गर्न लागिएको दुईदिने अन्तरराष्ट्रिय सम्मेलनको तयारी बारे सोमवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको होे । कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनओटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको आयोजकले बताएको छ । कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्य सम्मेलनको आयोजना गरिएको परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले बताए । नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान र परिवर्तनका संवाहक महिला विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुने परिसंघ महिला उद्यमी मञ्च सभापति छाया शर्माले बताइन् । सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स, जर्मनीलगायत मुलुकका राजनीतिक, आर्थिक, सामाजिकलगायत क्षेत्रमा स्थापित व्यक्तिहरूको सहभागिता सुनिश्चित भइसकेको जानकारी आयोजकले दिएको छ । सम्मेलनको निष्कर्ष एवं सुझाव नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

उद्योग परिसंघले पुस अन्तिममा तीन दिने महिला नेतृत्व शिखर सम्मेलन गर्ने

काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी सम्मेलन आगामी पुस २९ देखि माघ १ गतेसम्म ‘महिला नेतृत्व शिखर सम्मेलन २३’ आयोजना गर्ने भएको छ । परिसंघको महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा तीन दिने सम्मेलन आयोजना गर्न लागेको हो । कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना हुने...

महिलालाई थप वित्तीय पहुँच पुर्‍याउन सुझाव

वित्तीय पहुँच बढाउँदै महिलालाई आत्मनिर्भर बनाउने र भएका नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै दुईदिने महिला नेतृत्व शिखर सम्मेलन सम्पन्न भएको छ । नेपाल उद्योग परिसङ्घको महिला नेतृत्व मञ्चले आयोजना गरेको दुईदिने महिला नेतृत्व शिखर सम्मेलन आठबुँदे घोषणापत्र जारी गर्दै सोमबार सम्पन्न भएको हो ।