मर्जरमा गएका वाणिज्य बैंक रिजर्भमा कति बलिया ?

काठमाडौं । नेपालमा नियामक निकायहरू नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरणले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूलाई चुक्तापूँजी वृद्धिमा दबाब  दिँदै आएका छन् । केही वर्षअघि वाणिज्य बैंकलाई चुक्तापूँजी रू. ८ अर्ब पुर्‍याउन निर्देशन दिइएको थियो । सोहीअनुसार कम्पनीहरूले हकप्रद र बोनस शेयरमार्फत उक्त पूँजी पुर्‍याए । पछिल्लो समय नेपाल बीमा प्राधिकरणले पनि बीमा कम्पनीहरूलाई पूँजी वृद्धि गर्न निर्देशन दिइरहेको छ । यसरी पूँजीमात्र बढाउन प्रेरित कम्पनीको जगेडा रकमलाई पनि बढाउनु आवश्यक रहेको जानकाहरू बताउँछन् । छिमेकी मुलुक भारतका नियमक निकायहरूले बैंक तथा बीमा कम्पनीहरूलाई चुक्तापूँजीभन्दा पनि जगेडा कोष सञ्चिति (रिजर्भ) लाई बलियो बनाउन निर्देशन दिएको पाइन्छ । कुनै पनि कम्पनीको जगेडा कोष बलियो हुनु भनेको जोखिम वहन क्षमता मजबुत हुनु हो । सम्भावित जोखिमलाई मध्यनजर गर्दै जगेडा कोष खडा गरिएको हुन्छ । यो कोषले कम्पनीको प्रतिकूल अवस्थाको सामना गर्ने क्षमतालाई बुझाउँछ । यो कोषको आकार जति ठूलो हुन्छ, त्यति नै कम्पनीहरू सबल भएको मानिन्छ ।  पछिल्लो एक वर्ष अवधिमा १२ वाणिज्य बैंक मर्ज तथा प्राप्तिपछि ६ कम्पनीमा झरेका छन् ।  यी कम्पनीमध्ये नबिल बैंकले आफ्नो जगेडा कोषमा रू. २७ अर्ब ३४ करोडभन्दा सञ्चित गरेको छ । त्यस्तै दोस्रोमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले जगेडामा रू. २२ अर्ब ८२ करोडभन्दा बढी सञ्चिति गरेको छ ।

सम्बन्धित सामग्री

सबै जिल्लाका सदरमुकाममा पुग्यो राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आप्mनो सेवा देशको ७७ वटै जिल्ला सदरमुकाममा पु¥याएको छ । सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर– ९ मा सोमबार शाखा सञ्चालनमा ल्याएसँगै बैंकको सेवा सबै जिल्लाको सदरमुकाममा पुगेको हो ।  यसअघि...

खल्तीमा राष्ट्रिय वाणिज्य बैंक खाता लिंक गर्दा नगद बोनस

राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिंक गरी पहिलो भुक्तानी गर्ने प्रयोगकर्तालाई एक सय रुपैयाँ बोनस अफर ल्याएको छ ।यस अफर अवधिमा एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौकापनि रहेको छ । यो बोनस अफर, राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा पहिलो पटक लिंक गरी पहिलो भुक्तानी गर्ने कुनै पनि प्रयोगकर्ताका लागि लागू हुने बताइएको छ । साथै […]

कर्मचरी ब्याटमिन्टन उपाधि वाणिज्य बैंक बिर्तामोडको जोडीलाई

बिर्तामोड (हाम्रो खेलकुद) – झापाको भद्रपुरमा भएको पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि राष्ट्रिय वाणिज्य बैंक बिर्तामोड शाखाको जोडीले उचालेको छ । मंगलबार भएको फाइनलमा नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रको जोडीलाई २१–७, २१–१२ को सोझो सेटमा हराउँदै वाणिज्य बैंक बिर्तामोड शाखाले उपाधि रक्षा गरेको हो । वाणिज्य बैंकको तर्फबाट प्रज्ज्वल ओझा र खगेन्द्र कन्दङवाको जोडी […]

वाणिज्य बैंक दैलेख शाखा एक साता बन्द

दैलेख : राष्ट्रिय वाणिज्य बैंक दैलेखमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकको सेवा एक साताका लागि बन्द गरिएको छ।बैंकमा कार्यरत चारजना कर्मचारीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको बैंकले जनाएको छ।बैंकले शुक्रबार सूचना जारी गर्दै राष्ट्रिय वाणिज्य बैंक दैलेख शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैंकबाट प्रदान गरिने सेवा आज (शुक्रबार) देखि एक सातासम्मका लागि बन्द रहने उल्लेख छ।

राष्ट्रिय वाणिज्य बैंक ५७ वर्षमा प्रवेश

१० माघ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक ५७ औं वर्षमा प्रवेश गरेको छ । देशकै दोस्रो वाणिज्य बैंकको रुपमा २०२२ साल माघ १० गते यो बैंक स्थापना भएको थियो । त्यतिबेला नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापना गरिएको राष्ट्रिय वाणिज्य बैंक २०६३ वैशाख ६ गतेदेखि भने पब्लिक लिमिटेड कम्पनीको रुपमा सन्चालन हुँदै आएको छ । नेपाल […]

राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफरबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफर बीच  रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ईसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका छन् । यस सम्झौताअन्तर्गत अब विदेशबाट ईसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका...

राष्ट्रिय वाणिज्य बैंक र युएनडिपी नेपालबीच सम्झौता

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी) नेपालबीच प्रयास कार्यक्रमअन्तर्गत सीमान्तकृत घरधुरीलाई रकम भुक्तानी गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले हस्ताक्षर गरेका हुन्। सम्झौतापछि युनडिपीको प्रयास कार्यक्रमअन्तर्गत पहिचान भएका सीमान्तकृत घरधुरीलाई युनडिपीले उपलब्ध गराउने रकम बैंकले […]

तीन गाउँपालिकामा अझै पुगेनन् वाणिज्य बैंक

काठमाडौं। देशका ७५३ मध्ये ३ वटा स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्न सकेका छैनन्। राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितीको तथ्यांकले तीन गाउँपालिकामा वाणिज्य बैंक नपुगेको बताएको हो। धादिङको रुविभ्याली, जाजरकोटको जुनीचाँदी र बझाङको साइपाल गाउँपालिकामा बैंकले शाखा खोल्न नसकेका हुन्। भौगोलिक विकटता र सुरक्षा चुनौतिका कारण यस्तो भएको बताइएको छ।

तीन गाउँपालिकामा अझै पुगेनन् वाणिज्य बैंक

काठमाडौं। देशका ७५३ मध्ये ३ वटा स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्न सकेका छैनन्। राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितीको तथ्यांकले तीन गाउँपालिकामा वाणिज्य बैंक नपुगेको बताएको हो। धादिङको रुविभ्याली, जाजरकोटको जुनीचाँदी र बझाङको साइपाल गाउँपालिकामा बैंकले शाखा खोल्न नसकेका हुन्। भौगोलिक विकटता र सुरक्षा चुनौतिका कारण यस्तो भएको बताइएको छ।

राष्ट्रिय वाणिज्य बैंक डोटीका सबै सेवा बन्द

डोटी। राष्ट्रिय वाणिज्य बैंक डोटीले सिलगढी शाखाबाट प्रदान हुँदै आएका आफ्ना सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ। बैंकको डोटी शाखाले एक सूचना प्रकाशित गरी जिल्लामा दिइँदै आफ्नो शाखाका सेवा बन्द गरिएको जानकारी गराएको हो। बैंकमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सबै सेवा अनिश्चितकालका लागि बन्द भएको हो। बैंकले आफ्ना सेवा बन्द गरेपछि सेवाग्राहीलाई समस्या भएको छ।