नेपाल भर्सेस मरिसस : तनावपूर्ण खेलमा नेपालको संघर्षपूर्ण जित

काठमाडौं : नेपाल र मरिसस बिचको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपालले मरिससमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १-० को गोलअन्तरले जित निकालेको हो। खेलको पाँचौं मिनेटमा दर्शन गुरुङको प्रहार गोलपोस्टमाथिबाट बाहिरिएको थियो। त्यसपछि खेलको दशौं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। आशिस लामाले पुजन उपरकोटीलाई…