निर्वाचन आचार संहिताविपरीत बालबालिकाको प्रयोग

बारामा निर्वाचन आचार संहिताविपरीत बालबालिकाको प्रयोग गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन आचार संहिताविपरीत १८ वर्षभन्दा मुनिका बालबालिका राजनीतिक कार्यक्रममा प्रयोग भएका देखिएको छ । निर्वाचन कार्यालयले उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिसकेको छ ।स्थानीय तहको निर्वाचन भयरहित तथा निष्पक्ष रुपमा सम्पन्न गर्न गत २५ चैत्रदेखि निर्वाचन आचारसंहिता पनि लागु गरिएको छ । तर, बारामा निर्वाचन आचारसंहिता उल्लंघन भइरहँदा पनि सम्बन्धित पक्ष मूकदर्शक बनेको पाइन्छ । आचारसंहितामा निर्वाचन प