म्याग्दी - पहिरो खस्दा म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेको कालीपुलमा तीन जना घाइते भएका छन् । घाइते हुनेमा कालीपुलका गोविन्दबहादुर बुढा, रेखा नेपाल र सन्तु पुर्जा रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
म्याग्दीसँग सीमा जोडिएको पर्वतको जलजला गाउँपालिका-३ कालीपुल क्षेत्रबाट गएराति खसेको पहिरोले कालीगण्डकी नदीलाई थुन्दा बाढी बस्तीतर्फ पसेको थियो ।
बाढीले कालीपुलका ६ वटा घरमा क्षति पुगेको छ । बाढीका कारण विस्थापित परिवारलाई अहिले कालीपुलमा रहेको कभर्डहलमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी...