काठमाडौ । सरकारले कोरोना संक्रमण उच्च बन्दै जान थालेपछि धार्मिकस्थलमा नित्य पूजा, ध्यान र प्रार्थना बाहेकका काममा रोक लगाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिसिएमसीको सिफारिसका आधारमा यस्तो निर्णय गरेको हो । बैठकले त्यस्ता स्थलमा २५ जना भन्दा बढी भेला हुन पनि निषेध गर्ने निर्णय गरेको छ ।साथै, विवाह व्रतबन्ध लगायतका कार्यक्रममा पनि सो भन्दा बढि सहभागी हुन नमिल्ने गरी आदेश जारी गरेको हो । सरकारको आदेश पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने चेतावनी पनि दिएको छ ।