माओवादी केन्द्रले तेह्रथुमका ४३ वटै वडामा सर्वसम्मत नेतृत्व छान्यो

माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन  गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले जिल्लाको ४३ वटै वडामा नेतृत्व सम्पन्न गरेको केन्द्रका जिल्ला समन्वय समितिका सचिव तेजमान कन्दङ्वाले जानकारी दिए ।आसन्न केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा वडा सम्मेलनमा जुटेको केन्द्रले गाउँगाउँमा नेता कार्यकर्ताहरूसँग भेटघाट र संगठन विस्तारलाई तीव्रता दिन थालेको छ । वडा सम्मेलन सम्पन्नसँगै पालिका सम्मेलनमा तयारी गरेको माओवादी केन्द्र तेह्रथुमका छथर अध्यक्ष अनिल आंखेवाले बताए । &

सम्बन्धित सामग्री

माओवादी केन्द्र दाङका आठ पालिकामा सर्वसम्मत नेतृत्व, दुईमा बाँकी

दाङ - नेकपा माओवादी केन्द्रले दाङका आठ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका दश स्थानीय तहमध्ये आठ स्थानीय तहमा निर्विरोध पालिका नेतृत्व चयन गरेको हो । शनिबारदेखि सुरु भएको पालिका अधिवेशनले पालिका सम्मेलनबाट नेतृत्व चुन्ने काम गरेको माओवादी केन्द्र दाङले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा नेतृत्व …

मोरङका १४ पालिकामा माओवादी केन्द्रले छान्यो सर्वसम्मत अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को शनिबार सम्पन्न गाउँ/नगर अधिवेशनले मोरङका अधिकांश पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

सिन्धुपाल्चोकका ९५ वडामा माओवादीको सम्मेलन सकियो, सबैमा सर्वसम्मत नेतृत्व

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकमा एकैदिन ९५ वडामा सम्मेलन गरेको छ । १०३ मध्ये आठ वडामा भने सम्मेलन हुन नसकेको माओवादी केन्द्रले जानकारी दिएको छ । जिल्लाका सबै वडामा एकैदिन सम्मेलन सम्पन्न गर्ने योजना भएपनि केही प्राविधिक कारणले सम्मेलन हुन नसकेको माओवादी केन्द्र सिन्धुपाल्चोकका संयोजक गोविन्द पराजुलीले जानकारी दिए । सम्मेलन सकिएका सबै वडाहरुमा […]