आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले संसदीय छानबिन समितिबाट आरोप पुष्टि नभए जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने दाबी गरेका छन् । अहिले छानबिनका लागि मार्गप्रशस्त मात्रै गरको भन्दै उनले आरोप पुष्टि नभए शर्मा नै अर्थमन्त्री बन्ने बताएका हुन् । संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानबिन नसकिएसम्म माओवादीले अर्थमन्त्रीमा कसैलाई नपठाउने...

सम्बन्धित सामग्री

अर्थमन्त्रालय फर्किने नफर्किने जनार्दनजीको रुचिमा भर पर्छ : वर्षमान पुन

१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पूर्व अर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्ने नबन्नेबारे उनकै रुचिमा भर पर्ने बताएका छन् । संसदीय छानबिन विशेष समितिले बजेटमा करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेशको …

महत्वाकांक्षाले अर्थमन्त्री, बदनामी बोकेर बिदाइ

पार्टीभित्रका प्रतिस्पर्धी वर्षमान पुन अर्थमन्त्री भइसकेकाले उनमा पनि अर्थमन्त्री हुने चाहना पलायो, तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट निर्माणका क्रममा गरेको व्यवहारपछि त जसरी पनि अर्थ मन्त्रालयमा पुग्ने महत्वाकांक्षा पलायो । तर त्यहाँको उनको बसाइ सौहार्द र सुखद रहन सकेन ।

गभर्नर प्रकरणले माओवादीमा खैलावैला, वर्षमान र जनार्दन यसरी जुधे

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्वन प्रकरणले नेकपा माओवादी केन्द्रका नेताहरु वर्षमान पुन र अर्थमन्त्री जनार्दन शर्मा बीच तिक्तता सुरु भएको छ। अर्थमन्त्री शर्माको जोडबलमा अधिकारीलाई निलम्वन गरिएपछि पुनले त्यसको ...

माओवादीका नबधनाढ्यहरूलाई ‘पिर’ले किन पिरोल्यो ?

नेपाली सांगीतिक आकाशका एउटा चम्किलो तारा हुन्, गायक प्रकाश सपूत । ‘दोहोरी ब्याटल’बाहेक उनका सिर्जनाले ‘प्रश्न’ गरिरहेको पाइन्छ । मूलतः गीतिकथामा आधारित रहेर तयार भएको सपूतको नयाँ गीत ‘पिर’ यतिबेला चर्चाको शिखरमा छ ।युट्युबमा सार्वजनिक भएको ३ दिनमा ५६ लाख बढी पटक यो गीत हेरिएको छ । १६ मिनेट लामो भिडियोमा शब्दहरू त शक्तिशाली छन् नै, कथा र सोही अनुसारको दृश्यले जो कोहीको मथिङ्गल हल्लाउँछ ।सामाजिक सञ्जालमा अहिले यो गीतका विषयमा पक्ष र विपक्षमा मत व्यक्त भइरहेका छन् ।माओवादी जनयुद्धको सेरोफेरोलाई टिपेर त्यसमा होमिएकाहरुको कारुणिक कथा हो ‘पिर’ । माओवादी आन्दोलनले दिलाएका उपलब्धि स्वीकार्दै व्यवस्था परिवर्तन भएपनि बिहान बेलुकाको छाक टार्न त्यतिबेलाका योद्धाहरु फरक कर्ममा लाग्न बाध्य भएको तथ्य यो गीतले बोलेको छ ।बरालिएको माओवादी र प्रकाशको कथाबस्तुकुमार नगरकोटीको चर्चित कविता छ, ‘उ कम्युनिष्ट मेनिफेष्टो पढिरहेछ’ । नगरकोटीले कवितामा भनेजस्तै प्रकाश सपूतको गीतिकथामामा पनि योद्धाहरु दुःखमा पनि क्रान्तिका किताबहरु पढिरहन्छन्, विदेश जानुपर्दा पनि झोलामा केही थान प्रगतिशील पुस्तकहरु बोक्छन्, आन्दोलनप्रति उनीहरुको विश्वास छ, गर्व छ भन्ने कुरा प्रष्टैसँग देखाईएको छ । सँगै, बरालिएको माओवादीलाई प्रकाशले कयौ अनुत्तरित प्रश्नका बिस्कुन थुपारिदिएका छन् । जनयुद्धबाट प्राप्त केही राजनीतिक उपलब्धिलाई स्वीकार्दै आम नागरिकको अवस्था बदल्ने कार्यभारबाट माओवादी बरालिएको दृष्टान्त गीतिकथामा छ ।युद्धका बेला कमजोर वर्गलाई माओवादीले प्रयोग गरेकै हो भन्ने कुरा नकार्न सकिँदैन । तर, अहिले माओवादीका केही सीमित व्यक्तिहरु रातारात धनी भए, युद्धमा दुःख गर्ने आम कार्यकर्ताको जीवनस्तर उठ्न नसक्ने गरी थला पर्यो । माओवादी नेतृत्वको चरम महत्वकांक्षा र स्खलन नै सपूतको गीतिकथाको विषयबस्तु बनेको छ ।माओवादीका नबधनाढ्यहरूलाई ‘पिरोल्ने’ ‘पिर’१६ मिनेट लामो गीतिकथाको भिडियो सार्वजनिक भएपछि माओवादीका भातृ संगठन यसको विरोधमा विज्ञप्तिबाजी गर्न थाले भने माओवादी इतरका दलहरु र तीनका समर्थकले माओवादीलाई खुल्याउने मसला पाए ।तर, माओवादीभित्र आलोचनात्मक चेत नभएकाहरुलाई यो गीतले बेस्सरी पिरोलेको पाइन्छ । यद्यपी, यो गीत आक्रोश, बिद्रोही र आशावादी कुनैपनि होइन । केवल यसले क्रान्तिका कारण एउटा परिवारले भोग्नुपरेको चरम निराशी जीवन देखाएको छ । यहाँनेर एउटा कुरा स्मरण गरौँ, माओवादी लडाकुहरुले आफ्नो गाँस कटाएर जम्मा गरेको पैसाले एउटा अस्पताल सञ्चालनमा ल्याएका थिए । त्यतिबेला अस्पताल सञ्चालनका लागि पैसा संकलनको नेतृत्व तत्कालिन डेपुटी कमाण्डरहरूमध्ये हालका अर्थमन्त्री जनार्दन शर्मा, पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वकृषिमन्त्री बलदेव खनालले पाएका थिए । उनीहरुले शिविरमा रहेका सबै सेनाबाट मासिक१ हजार रुपैयाँका दरले पैसा उठाए । यो पैसा सेनाहरुले खुशीसाथ दिएका थिए ।२०६४ सालबाट जनमैत्री अस्पताल सञ्चालन आयो पनि । तर, विगत ४ वर्षदेखि बन्द थियो । यद्यपी, कोरोना महामारीका समयमा कोभिड अस्पतालका रुपमा यसलाई सञ्चालनमा ल्याईयो । तर, पूर्व जनमुक्ति सेनाको पसिनाले उभिएको यो अस्पताल जनार्दन शर्माले बेचिदिए । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राज्यमन्त्री रहेका मेडिकल कलेजका व्यवसायी उमेश श्रेष्ठले १ अर्ब २५ करोडमा यो अस्पताल किने ।यो प्रसंग यहाँ किन जोडिएको हो भने, अहिले प्रकाश सपूतको पिरले यसरी जनयुद्धका योद्धाहरुको पसिना बेचेर रातारात नबधनाढ्य बनेका माओवादी नेताहरुलाई नराम्रोसँग पिरोलेको छ । योद्धाहरूलाई शिविरभित्र थुनेर उनीहरुलाई सरकारले दिएको रासनपानी र रकम माओवादीका सिमित नेताहरुले खोसेको आक्रोश पूर्व जनमुक्ति सेनाहरुको अझैपनि छ । त्यसकारण, औंला भाँचेर गन्न सकिने सिमित माओवादी नेतालाई धनी बनाएर शरीरको कुनै न कुनै भागमा गोली बोकेर रित्तो हात घर फर्किन बाध्य पारिएका र त्यसपछि नेतृत्वको कुनै वास्ता खोजीमा नपरेका पूर्व लडाकुहरुको प्रश्न हो ‘पिर’ ।

महासचिवका दावेदार वर्षमान र जनार्दनलाई कोरोना संक्रमण

नेकपा माओवादी केन्द्रको महासचिवका दावेदार दुईजना नेतालाई कोरोना संक्रमण भएको छ । महासचिवमा दावेदारी गर्दै आएका नेता वर्षमान पुन र जनार्दन शर्मालाई कोरोना संक्रमण भएको हो ।  पुनको बिहीबार गरेको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । हाल नेता पुन आइसोलेसनमा छन् । त्यस्तै, महासचिवका अर्का दावेदार जनार्दन शर्मा प्रभाकरलाई पनि कोरोना संक्रमण भएको छ । सरकारका अर्थमन्त्री समेत रहेका शर्मा पाँच दिन अघि गरेको परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि उनी मन्त्री क्वार्टरमा आइसोलेसनमा

वर्षमानलाई भेट्न पुगे जनार्दन

१२ माघ, काठमाडौं। अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मा  वर्षमान पुन ‘अनन्त’लाई भेट्न उनको निवासमा पुगेका छन् । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा उपचार गरेर सोमबार स्वदेश फर्किएपछि अर्थमन्त्री शर्मा बुधबार भेट गर्न पुनको निवास पुगेको पुनको सचिवालयले जनाएको छ । भेटपछि शर्माले पुनलाई स्वास्थ्यलाभको कामना गरेका छन् । नेता पुन चीनको […]

भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले किन भेट्न चाहेनन् उपेन्द्र र बाबुरामलाई ?

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपालको चारदिने भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन् । उनले आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरे । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, माओवादीका नेता एवं अर्थमन्त्री जनार्दन शर्मा, वर्षमान पुन, काँ