नेपालको १२० देशसँग व्यापारघाटा

आवश्यक वस्तुका लागि परनिर्भरता बढेसँगै नेपालको व्यापारघाटा पनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७८–०७९ को मङसिरसम्ममा नेपालको १४३ वटा देशसँग व्यापारिक सम्बन्ध स्थापित भएकोमा १२० देशसँग भने व्यापारघाटा देखिएको छ । आयातको तुलनामा नेपालको निर्यात कमजोर भएपछि व्यापारघाटा बढ्दै गएको हो । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको मंसिरसम्ममा नेपालले आठ खर्ब ३८ अर्ब रुपैयाँको वस्तु आयात गर्दा एक खर्ब दुई अर्व निर्यात भई ७ खर्ब ३५ अर्व व्यापार घाटा भएको छ । नेपालको कुल व्यापारघाटामध्ये आध

सम्बन्धित सामग्री

व्यापारघाटा कम गर्न कृषि वस्तु निर्यात आवश्यक

बिर्तामोड— व्यापारघाटा कम गर्न कृषि वस्तु निर्यात आवश्यक रहेको झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागीहरूले बताएका छन् । नेपालमा कृषि वस्तु पर्याप्त उत्पादन गरी निर्यात गर्न सके मात्र वैदेशिक व्यापारघाटा कम गर्न सकिने उनीहरूले बताएका हुन् । झापाको बिर्तामोडमा नेपाल अलैंची व्यवसायी महासंघको आठाैं साधारणसभामा उनीहरूले त्यस्तो बताएका हुन् । नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल […]

चालु आर्थिक वर्षको पहिलो महिनामै सवा खर्बको व्यापारघाटा

मुलुकले चालू आर्थिक वर्षको पहिलो महिनामै सवा खर्ब बराबरको व्यापारघाटा व्यहोरेको छ भने वैदेशिक व्यापार दुई दशमलव २८ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पहिलो महिनामा मुलुकको व्यापार घाटा शून्य दशमलव ६६ प्रतिशतले घटेर रु एक खर्ब १५ अर्ब ७१ करोड तीन लाख १५ हजार कायम भएको छ । …

औद्योगिक ग्राम र व्यापारघाटा

व्यापारघाटा०४६ को परिवर्तनपछि लाखौँ श्रमशील व्यक्ति बिदेसिए, त्यसअघिका उद्योगहरू बेचिए, रुग्ण भए, इतिहास बने । पछिल्ला दिनमा उत्पादनमूलक उद्योगहरू राजनीतिक नारा मात्र बनेका छन् र त अनेकौँ प्रयासमा पनि देशको व्यापारघाटा चालू आवको १० महिनामा १२ खर्ब ४ अर्बभन्दा बढी छ । खाद्य सामग्रीलगायत सबैजसो वस्तु आयातमा भर पर्नाले यसो भएको हो । औद्योगिक क्षेत्रमा […]

व्यापारघाटा घटाउन विद्युतीय सवारीमा प्रोत्साहन

हाम्रो व्यापारघाटा दिनानुदिन बढ्दो अवस्थामा रहेको छ । व्यापारघाटा बढ्नुको मूल कारण भनेको इन्धन आयात नै हो । इन्धनको खपत कम गरी व्यापारघाटा कम गर्न हामीले विद्युतीय सवारीलाई प्राथमिकतामा राखेर बढी मात्रामा विद्युतीय सवारीका साधनको प्रयोगमा जोड दिनुपर्छ । पछिल्लो समयमा विद्युत्को उत्पादन वृद्धि भएकाले छिमेकी देश भारतमा थोरै मात्र विद्युत् बिक्री गर्दा पनि व्यापारघाटा […]

व्यापारघाटा र सार्वजनिक ऋणले थलिएको अर्थतन्त्र

मुलुकले सङ्घीय लोकतान्त्रिक/गणतान्त्रिक शासन व्यवस्थाको डेढ दशक पार गरिसक्दा पनि हाम्रो अर्थतन्त्र सबल हुनुको सट्टा व्यापारघाटा र बढ्दो सार्वजनिक ऋणले थलिएको छ । आयातको वृद्धिदर उच्च हुनु र निर्यातको वृद्धिदर न्यून हुनु नै व्यापारघाटाको अवस्था हो । बढ्दो उपभोग प्रवृत्ति तथा आर्थिक गतिविधिका कारण वस्तु आयात उच्च दरमा बढेपछि व्यापारघाटा चुलिएको हो । अत्यावश्यक वस्तु […]

व्यापारघाटा न्यूनीकरण कार्ययोजना पुनरावलोकन गरिने

देशमा व्यापारघाटा बढ्दै गएको र मूल्य अभिवृद्धि हुने वस्तुको निकासी बढ्न नसकेपछि सरकारले व्यापारघाटा न्यूनीकरण कार्ययोजना पुनरावलोकन गर्ने भएको छ । २०७५ मा पहिलो पटक ल्याइएको कार्ययोजना पूर्ण कार्यान्वयनमा नआउँदै परिमार्जन गर्न लागिएको हो । यो कार्ययोजना लागू भएपछि कोभिड महामारीका कारण संसारभर वैदेशिक व्यापारको प्रवृत्ति फेरिएको तथा मुलुकमा आर्थिक चुनौतीसमेत थपिएको तथ्यलाई मध्यनजर गर्दै […]

व्यापारघाटा न्यूनीकरण कार्ययोजना पुनरावलोकन हुने

काठमाडौं । देशमा व्यापारघाटा बढ्दै गएको र मूल्य अभिवृद्धि हुने वस्तुको निकासी बढ्न नसकेपछि सरकारले व्यापारघाटा न्यूनीकरण कार्ययोजना पुनरावलोकन गर्ने भएको छ । २०७५ मा पहिलो पटक ल्याइएको कार्ययोजना पूर्ण कार्यान्वयन नआउँदै परिमार्जन गर्न लागिएको हो । यो कार्ययोजना लागू भएपछि कोभिड महामारीका कारण संसारभर वैदेशिक व्यापारको प्रवृत्ति फेरिएको तथा मुलुकको आर्थिक चुनौतीसमेत थपिएको तथ्यलाई […]

११ महिनामै बजेटभन्दा ३१ अर्ब बढी व्यापारघाटा

सरकारको नियन्त्रणमुखी नीतिका बीच पनि आयातको वृद्धिदर नरोकिँदा मुलुकको वैदेशिक व्यापारघाटा ११ महिनामै चालू आर्थिक वर्षको बजेटभन्दा बढी भएको छ । जेठ मसान्तसम्ममा मुलुकको व्यापारघाटा २५ प्रतिशतले बढेर १५ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । सरकारले चालू आर्थिक वर्षको मध्यावधि समीक्षामार्फत बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड रुपैयाँमा सीमित गरेको छ । […]

‘व्यापारघाटा घटाउन १५ सय मेगावाट बिजुली निर्यात गर्नुपर्छ’

बढ्दो व्यापारघाटा कम गर्न नेपालले १५ सय मेगावाट बिजुली निर्यात गर्नुपर्ने तथ्य सांसद विनोद चौधरीले प्रस्तुत गरेका छन् । उद्योगीसमेत रहेका कांग्रेस सांसद चौधरीले बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै बढ्दो व्यापारघाटा प्रमुख समस्या रहेको भन्दै यसलाई सन्तुलनमा ल्याउन जलविद्युत निर्यात नै उपयुक्त विकल्प रहेको सुझाव दिए । “हामीले […]

पाकिस्तानको व्यापारघाटा १३४ प्रतिशत वृद्धि

एजेन्सी। आर्थिकरुपमा कमजोर बन्दै गएको पाकिस्तानको यो वर्षको मे महिनामा व्यापारघाटा १३४ प्रतिशत बढेको छ। अघिल्लो वर्ष यसै महिनामा व्यापारघाटा १.४६६ बिलियन डलर थियो भने अहिले बढेर ३.४३२ बिलियन डलर पुगेको छ। निर्यातमा सुस्तता र आयात अधिक वृद्धि हुँदा यो अवस्था आएको हो। व्यापारघाटा बढ्नुमा इन्धन, खाद्यान्न, प्रविधि, मलखाद, भ्याक्सिन तथा अन्य औषधि अधिक मात्रामा आयात हुनुलाई कारण मानिएको छ।