काठमाडौं : मधेश प्रदेशको राजधानी जनकपुरधाममा ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’ भइरहेको छ।
जनकपुरस्थित नेपाल बार एसोसिएसनको सभाकक्षमा कार्टुनिस्ट क्लब अफ नेपालको आयोजना र सेन्टर फर मिडिया रिसर्चको सहयोगमा भइरहेको प्रदर्शनीमा विभिन्न कार्टुनहरु राखिएका छन्।
‘निशाना’ शीर्षकमा सुरु भएको प्रदर्शनीमा विभिन्न कार्टुनिस्टहरुको कार्टुन समावेश गरिएको छ। कार्टुनमार्फत देशमा विधमान भ्रष्टाचारका प्रवृत्तिहरुमाथि व्यंग्य…