अर्थमन्त्रीका दुई घोषणा : श्वेतपत्र जारी गर्छौं, बजेटको जिम्मा संसदलाई

अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गरिने बताएका छन् । सिंहदरबारस्थित अर्थमन्त्रालयमा शुक्रबार आर्थिक पत्रकारहरूसँगको भेटघाटमा मन्त्री शर्माले सरकारबाट श्वेतपत्र जारी हुन लागेको जानकारी दिएका हुन् । यसअघि केपी ओली नेतृत्वको सरकारले पनि आफ्नो कार्यकालको प्रारम्भमा मुलुकको अर्थतन्त्रबारे श्वेतपत्र जारी गरेको थियो । ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट चाहिँ के हुन्छ भन्ने पत्रकारहरुको प्रश्नमा मन्त्री शर्माले साउन ३ गते संसद बैठक बोलाइएको बताउँदै जे गर्

सम्बन्धित सामग्री

आज श्वेतपत्र सार्वजनिक हुँदै

काठमाडौँ । सरकारले आज आर्थिक श्वेतपत्र जारी गर्ने भएको छ । मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्थाबारे यथार्थ चित्र बाहिर ल्याउन श्वेतपत्र जारी गर्न लागिएको हो अर्थमन्त्री जनार्दन शर्माले मन्त्री नियुक्ति भएलगत्तै श्वेतपत्र जारी गर्ने घोषणा गरेका थिए।  सम्बन्धित समाचार : पछिल्लो आर्थिक अवस्थाबारे छिट्टै श्वेतपत्र जारी गरिने देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था कस्तो हालतमा छ […]

पछिल्लो आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गर्ने अर्थमन्त्रीको घोषणा

काठमाडौं। अर्थमन्त्रालयले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विष्लेषण गर्दै श्वेतपत्र जारी गर्ने भएको छ। अर्थमन्त्रायलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले अहिलेसम्मको अर्थतन्त्रको यथार्थ अवस्था समेटेर छिट्टै श्वेतपत्र जारी गर्ने घोषणा गरेका हुन्। अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको बताउँदै उनले भने, “अहिलेसम्मको यथार्थ अवस्था के छ त?त्यसले कतातर्फ कस्तो सङ्केत गरिरहेको छ?श्वेतपत्र भन्नुस् वा यथार्थपत्र मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछु।”

६ महिनाभित्र गण्डकी प्रदेशका सबै नागरिकलाई खोप लगाइसक्ने घोषणा

पोखरा, असार २७ । गण्डकी प्रदेशमा अघिल्ला सरकारले केही नगरेको आरोपसहित कांग्रेसको नेतृत्वमा बनेको सरकारले श्वेतपत्र जारी गरेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेलले स्वेतपत्र जारी गर्दै ६ महिनाभित्र प्रदेशका सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने घोषणा गर्नुभयो । अघिल्लो सरकारले पूरा गर्न नसकेका लक्ष्यहरु आफुले पूरा गर्ने मुख्य मन्त्री पोखरेलको दावी छ । उहाँले लोकतान्त्रिक […]

५ महिनाभित्रै उपत्यकामा मेलम्ची

मेलम्ची खानेपानी विकास समितिले ‘मेलम्चीको श्वेतपत्र’ जारी गरिएको छ । समितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा खानेपानी मन्त्री बिना मगरले आयोजनाबारे श्वेतपत्र जारी गर्दै आर्थिक वर्ष २०७६-०७७ भित्र मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ परीक्षण र सञ्चालन गर्ने घोषणा गरेकी हुन् ।

‘१० वर्षमा १५ हजार मेगावाट विद्युत चुनौतिपूर्ण’

काठमाडौँ । सरकारले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा १० वर्षमा १५ हजार मेगावाट उत्पादन गर्ने घोषणा गरेको छ । वैशाखको अन्तिम साता श्वेतपत्र जारी गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान ...

औचित्यहिन श्वेतपत्र

अर्थशास्त्रीहरू श्वेतपत्रको आवश्यकतामाथि प्रश्न उठाइरहेका छन् । प्रचुर बहुमत प्राप्त सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै श्वेतपत्र जारी गर्ने सन्देश दिएका खतिवडाले दुई महिनापछि घोषणा हुने बजेट र नीति तथा कार्यक्रमको संघारमा श्वेतपत्र जारी गर्नुको कारण स्पष्ट छैन ।