राष्ट्रिय महिला लिग : त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिका खेल्दै

काठमाण्डाै - राष्ट्रिय महिला लिगमा आज त्रिभुवन आर्मी क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाबीचको खेल हुँदैछ । यी दुई समूहबीचको खेल एन्फा कम्प्लेक्समा दिउँसो २  बजेदेखि सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा विराटनगर महानगरपालिकाले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोलले हराएको छ । यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लबले वालिङ नगरपालिकालाई ६–० गोलले पराजित गरेको छ । एपीएफको लागि सावित्रा भण्डारीले मात्रै पाँच गोल गरेकी थिइन् । एपीएफले अहिलेसम्मका सबै खेल जित्दै २७ अङ्क बनाएर शीर्ष स्थानमा रहेको छ ।  

सम्बन्धित सामग्री

राष्ट्रिय महिला फुटबल लिग माघमा

इलाम : राष्ट्रिय महिला लिग फुटबल माघमा शुरु हुने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला कमिटीले महिला लिग माघ १५ गते सुरु हुने जनाएको छ।प्रतियोगितामा ३ विभागीयसहित ८ टिमको सहभागिता रहनेछ।लिगमा गत वर्षको विजेता सशस्त्र प्रहरीको एपिएफ, नेपालली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसहित विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहने छ।धनगढी र ललितपुरले गत कात्तिकमा सम्पन्न उपमेयर कप राष्ट्रिय

महिला लिग : त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिका ​खेल्दै

काठमाण्डाै -  राष्ट्रिय महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र रौतहटकाे चन्द्रपुर नगरपालिका ​खेल्दै छन् । खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । आज चन्द्रपुर नगरपालिकालाई हराउँदै आर्मी लिगमा दोस्रो जित निकाल्न चाहन्छ । ३ खेलमा ४ अङ्क जोडेको आर्मी अङ्क तालिकामा पाँचौं स्थानमा छ । यस्तै चन्द्रपुर ३ अ...