श्रीएअरलाइन्सको जहाज नेपालगञ्जमा आकस्मिक अवतरण

नेपालगञ्ज विमानस्थलमा आज श्रीएअरलाईन्सको जहाज आकस्मिक रुपमा अवतरण भएको छ । जहाजमा धुँवा देखिएपछि जहाज उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको श्रीएअरलाईन्स, नेपालगञ्ज स्टेशन प्रमुख पर्शुराम चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जबाट काठमाडौँतर्फ जान लागेको ९ एन— एएनएफ ४३२ नं को श्रीएअरलाइन्सको जहाजको आकस्मिक अवतरण भएको हो । सो जहाजमा ७९ जना यात्रु […]

सम्बन्धित सामग्री

श्री एयरलाइन्सको जहाज काठमाडौंमा आकस्मिक अवतरण

३ फागुन, काठमाडौं । श्री एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । कम्पनीका कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार सुर्खेतबाट ५४ यात्रु लिएर आएको सो जहाजको  ‘इन्डिकेसन’ मा समस्या पहिचान भएपछि पाइलटले नियम अनुसार ‘इमर्जेन्सी’ मागेका थिए । सोही अनुसार जहाज सकुशल अवतरण भइसकेको उनले जानकारी दिए । ‘सामान्यतया इन्डिकेसनले संकेत गरेपछि इमर्जेन्सी […]

थाइल्यान्डका लागि उडेकाे निगमकाे जहाज बङ्गलादेशमा आकस्मिक अवतरण

काठमाण्डाै – काठमाण्डौबाट थाइल्यान्डका लागि उडेको नेपाल वायु सेवा निगमको जहाज बङ्गलादेशको चटगाउँ विमानस्थलमा आकस्मिक अवतरण भएको छ । जहाजको कार्गो कम्पार्टमेन्टमा धुवाँ निस्किएको सङ्केत देखिएपछि जहाज बङ्गलादेशको चटगाउ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण भएकाे हो । आरए ४०१ उडान नम्बरको विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ निस्किएको सङ्केत बत्ती ककपिटमा देखिएपछि चालक दलले बैंकक जाँदै गरेको जहाजलाई बङ्गलादेशको चटगाउ विमानस्थलमा डाइभर्ट गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी द...

मुस्ताङ उडेको समिट एयरको जहाज पोखरामा आकस्मिक अवतरण

मुस्ताङ उडेको समिट एयरको विमान पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । कास्कीका एसपी अजय केसीका अनुसारे उडेको केही मिनेटमा जहाज आकस्मिक अवतरण गरिएको थियो । प्राविधिक समस्या देखिएका कारण आकस्मिक अवतरण गरिएको वताइएको छ । जहाज बिहान ७ बजेर ५९ मिनेटमा पोखराबाट मुस्ताङका लागि उडेको थियो । विमानमा १८ प्यासेन्जर यात्रारत थिए । विमान र यात्रु सुरक्षित छन् ।

श्रीएअरलाइन्सको जहाज नेपालगञ्जमा आकस्मिक अवतरण

नेपालगञ्ज विमानस्थलमा आज श्रीएअरलाईन्सको जहाज आकस्मिक रुपमा अवतरण भएको छ । जहाजमा धुँवा देखिएपछि जहाज उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको श्रीएअरलाईन्स, नेपालगञ्ज स्टेशन प्रमुख पर्शुराम चौधरीले जानकारी दिए...

यति ययरलाइन्सको जहाज पोखराबाट काठमाडौँ उडेको ६ मिनेटमै आकस्मिक अवतरण

काठमाडौँ-  पोखराबाट काठमाडौँको लागि उडेको यति एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरिएकाे छ। इन्जिनमा समस्या आएपछि जहाज आकस्मिक अवतरण गरिएकाे हाे। बिहान साढे ८ बजे पोखरा विमानस्थलबाट उडेको जहाजको ६ मिनेटमा नै इन्जिन फेल भएको संकेत देखिएपछि पोखरा विमानस्थलमा नै आकस्मिक अवतरण गरिएको हो। पौने ८ बजे उड्नुपर्ने जहाज साढे ८ बजे उडेको थियो। जहाजमा ४५ यात्रु  […]

श्री एयरलाइन्सको जहाज काठमाडौँमा आकस्मिक अवतरण

काठमाडौँ – काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गरिएको छ । ८७ जना यात्रु बोकेर बुधबार धनगढीका लागि उडेको विमानको एक इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मिक अवतरण गरिएको हो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १२ बजेर ८ मिनेटमा त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो। आकस्मिक अवतरण गराइएको जहाजका सबै यात्रु […]

बुद्ध एयरको जहाज भरतपुर विमानस्थलमा आकस्मिक अवतरण

काठमाडौं, १ पुस । बुद्ध एयरको जहाज भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । भरतपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो। जहाजको बायाँ इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ। उडान नम्बर ३६० को जहाजमा १९ जना यात्रु सवार थिए। जहाजमा रहेका चलक दलका सदस्य र […]

बुद्ध एयरका दुई जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण

उडिरहेका बुद्ध एयरका दुई जहाज काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।काठमाडौँ–धनगडी उडानमा रहेको बुद्ध एयरको जहाजको हाइड्रोलिकमा समस्या आएपछि काठमाडौँमै आकस्मिक अवतरण गरिएको कम्पनीले जनाएको छ । उडिरहेको जहाजमा प्राविधिक समस्या आएपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए । उनका अनुसार जहाजमा सवार ६८ यात्रुको काठमाडौँमा सकुशल अवतरण गराई अर्को जहाजमार्फत यात्रुलाई गन्तव्यमा पु¥याइएको छ ।     यस्तै क

बुद्ध एयरका दुई जहाजको आकस्मिक अवतरण

काठमाडौं। उडिरहेका बुद्ध एयरका दुई जहाज काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। ६८ यात्रुसहित काठमाडौँ–धनगढी उडानमा रहेको बुद्ध एयरको जहाजको हाइड्रोलिकमा समस्या आएपछि काठमाडौँमै आकस्मिक अवतरण गरिएको कम्पनीले जनाएको छ। त्यस्तै, काठमाडौं-नेपालगन्ज यात्रामा रहेको अर्को जहाजमा एक यात्रु बेहोस भएपछि उनलाई अस्पताल लैजान जहाज अवतरण गरिएको कम्पनीले जनाएको छ। दुवै जहाजका यात्रुलाई अर्को उडानमा गन्तव्य पुर्‍याइएको छ।

बुद्ध एयरका दुई जहाज आकस्मिक अवतरण, के हो कारण ?

११ साउन, काठमाडौं । काठमाडौंबाट उडेका बुद्ध एयरका २ जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् । धनगढीका लागि उडेको बुद्धको ९एन-एएमडी जहाज साँझ ६ बजे  विमानस्थलमा अवतरण गरेको छ । बुद्ध एयर स्रोतका अनुसार जहाजमा ‘प्राविधिक गडबडी’ आएको पत्ता लागेपछि चालक दलका सदस्यले जहाज तत्काल विमानस्थल फर्काउने निर्णय लिएका थिए । त्यसपछि जहाज विमानस्थलमा […]