माघदेखि घट्दै ब्याजदर

आउँदो माघदेखि वाणिज्य बैङ्कहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैङ्कहरूका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएसनको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । पछिल्लो समय बैङ्किङ प्रणालीमा

सम्बन्धित सामग्री

चैतमा बैंक ब्याजदर अझ घट्दै

काठमाडौं । आगामी चैत महिनाका लागि अधिकांश बैंकले निक्षेपको ब्याजदर थप घटाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षामार्फत लिएको नीतिका कारण बैंकको ब्याजदर थप घट्ने भएको हो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्थवार्षिक मौद्रिक नीति समीक्षामार्फत संस्थागत निक्षेपकर्ताको निक्षेपको ब्याजदरभन्दा व्यक्तिगत निक्षेपकर्ताको निक्षेपको ब्याजदर एक प्रतिशतले […] The post चैतमा बैंक ब्याजदर अझ घट्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर्जाको ब्याजदर घट्दै

काठमाडौं । बैंक, वित्तीय संस्थाहरूले निक्षेपमा ब्याजदर घटाएसँगै कर्जा पनि सस्तो हुन थालेको छ । निक्षेपको ब्याजदर घटाएपछि बैंकहरूको लागतसँगै आधारदर कम भएर कर्जाको ब्याजदर घट्न थालेको हो ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव)को असोजमा वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर १२ दशमलव ११ प्रतिशतमा झरेको छ । साउनमा कर्जाको औसत ब्याजदर १२ दशमलव २४ प्रतिशत थियो । साउनमा १० दशमलव ११ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत आधारदर असोजमा ९ दशमलव ९४ प्रतिशतमा झरेको छ । आधारदर घटेपछि कर्जाको ब्याजदर घटेको हो ।  साउनको तुलनामा असोजमा विकास बैंकहरूमा भने ब्याजदर बढेको छ । साउनमा विकास बैंकहरूको कर्जाको औसत ब्याजदर १३ दशमलव ८८ प्रतिशत रहेकोमा असोजमा १३ दशमलव ९१ प्रतिशत कायम भएको छ । भदौको तुलनामा भने असोजमा ब्याजदर घटेको छ ।  यसैगरी फाइनान्स कम्पनीहरूमा पनि कर्जाको औसत ब्याजदर घटेको छ । फाइनान्स कम्पनीहरूमा साउनमा १४ दशमलव ६६ प्रतिशत औसत ब्याजदर रहेकोमा असोजमा १४ दशमलव ६१ प्रतिशतमा झरेको छ ।  तरलता अभाव भएसँगै बैंकहरूले निक्षेपको ब्याजदर बढाएपछि लागत बढेर कर्जा पनि महँगो भएको थियो । पछिल्लो समय विष्रेषण आप्रवाहमा सुधार र आर्थिक गतिविधि बढेपछि बैंकमा निक्षेप बढिरहेको छ । बैंकहरूले निक्षेपको ब्याजदर घटाउन थालेपछि कर्जा पनि सस्तो हुन थालेको हो । नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी आधारदर सस्तो भएको र बैंकहरूले प्रिमियम पनि घटाएकाले कर्जाको ब्याजदर घटिरहेको बताउँछन् । ‘अहिले निक्षेप वृद्धिको तुलनामा कर्जाको माग छैन,’ उनले भने, ‘बैंकहरूले लगानी बढाउन प्रिमियम पनि घटाएकाले कर्जा सस्तो भइरहेको छ ।’ मङ्सिर महीनामा अधिकांश बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएकाले आगामी दिनमा कर्जाको ब्याजदर पनि अझ घट्ने देखिएको छ ।  राष्ट्र बैंकको आधारदर निर्धारणसम्बन्धी कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो लागतमा शून्य दशमलव ७५ प्रतिशत प्रतिफल जोडेर आधारदर निर्धारण गर्न पाउँछन् । बैंकहरूले उक्त आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्दै आएका छन् । यही व्यवस्थाअनुसार प्रत्येक त्रैमासिकमा बैंकको औसत आधारदर घट्दा कर्जाको ब्याजदर स्वत: घट्ने र बढ्दा स्वत: बढ्ने प्रावधान छ । नयाँ कर्जा लगानी गर्दा पछिल्लो ३ महीनाको आधारदर लिनुपर्ने व्यवस्थाले कर्जाको ब्याजदर घटेको छ ।  यसैगरी मङ्सिर महीनामा अधिकांश बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएकाले आगामी दिनमा कर्जाको ब्याजदर पनि अझ घट्ने देखिएको छ । तरलता सहज भएपछि बैंकहरूले ब्याजदर तथा प्रिमियम घटाएर भए पनि कर्जा प्रवाह बढाउन थालेका छन् ।  राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक २१ गते बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१ दशमलव ३१ प्रतिशत छ । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन सक्ने प्रावधानअनुसार अझै ५ खर्ब १४ रुपैयाँ थप कर्जा प्रवाह क्षमता रहेको छ ।  तरलता उच्च भएपछि बैंकहरूले ब्याजदर घटाएर कर्जा प्रवाहमा जोड दिएका छन् । यसले गर्दा कर्जा प्रवाह वृद्धि हुन थालेको छ । चालू आवको असोजसम्ममा बैंक, वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ दशमलव ८ प्रतिशत र कर्जा प्रवाह २ दशमलव ३ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा निक्षेप शून्य दशमलव ४ प्रतिशत र कर्जा १ दशमलव ३ प्रतिशतले बढेको थियो ।

तरलता सहज हुँदा निरन्तर घट्दै अल्पकालीन ब्याजदर

१८ असार, काठमाडौं । अल्पकालीन ब्याजदर निरन्तर घट्दै गएको छ । २८ दिन अवधिको ट्रेजरी बिलको भारित औसत डिस्काउन्ट रेट ४.७३८८ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सोमबार नेपाल राष्ट्र बैंकले ५ अर्बको नयाँ र करिब २४ अर्ब ६७ करोड बजारको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोलमा ल्याएको छ । जसमध्ये २८ दिन अवधिको […]

तरलता सहज बन्दै गएपछि घट्दै अल्पकालीन ब्याजदर

३० जेठ, काठमाडौं । बैंकिङ प्रणालीमा तरलता सहज भएर अन्तर बैंक ब्याजदर घट्न लागेसँगै अल्पकालीन ब्याजदर पनि घट्दै गएको छ । सोमबार नेपाल राष्ट्र बैंकले छोटो अवधिको आन्तरिक ऋण उठाउने उपकरण (ट्रेजरी बिल बोलकबोल) गरेको थियो । चालु आर्थिक वर्षमा १२ प्रतिशत नाघेको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट २९ जेठमा भएको बोलकबोलमा आयो भने आर्थिक […]

सस्तिँदै कर्जाको ब्याजदर

वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर घट्दै जाने देखिएको छ । वाणिज्य बैंकहरूको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार आधारदर घटेको छ । यसले कर्जाको ब्याजदर अझै सस्तिने देखिएको हो । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजीको अभाव हुन...

कर्जा तथा निक्षेपको ब्याजदर घट्दै

वाणिज्य बैंकहरूले यही चैतबाट निक्षेप र कर्जा दुवैमा लिने ब्याजदर घटाउने भएका छन् । उनीहरूले चैत १ गतेदेखि लागु हुने गरी साधारण बचतको ब्याजदरमा ०.४ प्रतिशत र कर्जाको प्रिमियम दर १ प्रतिशतले घटाउने भएका हुन् । वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको छाता संस्था नेपाल बैंकर्स संघले बिहीबार ब्याजदर घटाउने निर्णय गरेको हो । […]

अल्पकालीन ब्याजदर घट्दै, २८ दिनको ट्रेजरी बिलको डिस्काउन्ट रेट ६ प्रतिशतभन्दा तल

१८ माघ, काठमाडौं । बैंकिङ प्रणलीमा तरलता सहज भएसँगै अल्पकालीन ब्याजदर क्रमशः घट्दै गएको छ । गत १० साउनमा ९१ दिन अवधिको ट्रेजरी बिलमा १३.९९९८ प्रतिशसम्म ब्याजदरमा बोलकबोल पेश गरेका बैंकहरुले अब भने ब्याजदर घटाउँदै लगेका छन् । नेपाल राष्ट्र बैंकले ८.५ प्रतिशत बैंकदर कायम राख्दा पनि १७ माघ बिहीबार २८ दिन अवधिको ट्रेजरी बिल […]

माघदेखि घट्दै ब्याजदर

काठमाडौं, पुस २८ । आउँदो माघदेखि वाणिज्य बैङ्कहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैङ्कहरूका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएसनको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । पछिल्लो समय बैङ्किङ प्रणालीमा तरलता थपिएकाले ब्याजदर घटाउने अवस्था आएको निष्कर्षमा बैङ्करहरू पुगेसँगै यस्तो निर्णय आएको हो । एसोसिएसनका अनुसार नियामक […]

बैंकहरूले बढाउन थाले ब्याजदर

आर्थिक वर्षको तेस्रो महिनादेखि नै वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर बढाउन थालेका छन्।कोरोना महामारीको संक्रमण घट्दै जाँदा कर्जा प्रवाह वृद्धि भएपछि बैंकहरूले निक्षेपकर्तालाई आकर्षित गर्न ब्याजदर बढाउन थालेका हुन्।...