काठमाडाैँ- गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन्। गृहमन्त्रालयमा आइतबार भएको भेटवार्ता उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा गृहमन्त्री खाणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति […]