बागमती प्रदेश सभाको सभामुखमा राप्रपाका भुवन पाठक विजयी

काठमाडौं । बागमती प्रदेश सभाको सभामुखमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका राप्रपाका भुवन पाठक विजयी हुनु भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुको मत विभाजनको आधारमा भएको निर्वाचनमा पाठक विजयी हुनुभएको हो । पाठकले ६२ मत पाउनु भएको थियो भने विपक्षमा ३९ मत परेको थियो । ७ जना सांसद तटस्थ बसेका थिए । […]

सम्बन्धित सामग्री

प्रमुख प्रतिपक्षी दलमा नेमकिपाको दाबी

काठमाडौं, २४ माघ । नेपाल मजदुर किसान पार्टीले बागमती प्रदेश सभाको प्रमुख प्रतिपक्षी दलको दाबी गरेको छ । नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोर्साइले आज प्रमुख प्रतिपक्षी दलको दाबी गर्दै सभामुख भुवन पाठक समक्ष पत्र बुझाएका हुन् । गत माघ ३ मा मुख्यमन्त्री शालिकराम जमकटेलले विश्वासको मत लिँदा नेमकिपा बाहेक सबै दलले सरकारलाई […]

बागमतीको सभामुखमा राप्रपाका पाठक निर्वाचित

बागमती प्रदेश सभाको सभामुखमा सत्तागठबन्धनका तर्फबाट राप्रपाका भुवन पाठक निर्वाचित भएका छन् । आज भएको

बागमती प्रदेसभाको सभामुखमा तीन जनाकाे उम्मेदवारी दर्ता

काठमाडौं ।  बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक, शिवराज अधिकारी र सृजना सायजुको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनका तर्फबाट राप्रपाका भुवन पाठकले सभामुखमा उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावकमा एमाले जगन्नाथ थपलिया र समर्थकमा माओवादी केन्द्रका युवराज दुलाल छन् । शिवराज अधिकारी कांग्रेसका उम्मेदवार हुन् भने सायजु नेपाल मजदुर किसान पार्टीकी हुन् । बागमती प्रदेश […]

बागमतीको सभामुखमा कांग्रेसका अधिकारीले उम्मेदवारी दिने

मकवानपुर । बागमती प्रदेश सभाको सभामुखका लागि नेपाली कांग्रेसका शिवराज अधिकारीले उम्मेदवारी दिने भएका छन् । सभामुखका लागि शुक्रबार हुने निर्वाचनमा प्रतिस्पर्धा गर्न कांग्रेसले अधिकारीलाई उम्मेदवार बनाउने भएको हो । उनले बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर

बागमतीको सभामुखका लागि कांग्रेसले अघि सार्‍यो अधिकारीलाई

२८ पुस, हेटौंडा । बागमती प्रदेश सभाको सभामुखका लागि नेपाली कांग्रेसबाट धादिङका शिवराज अधिकारी उम्मेदबार बन्ने भएका छन् । धादिङ क्षेत्र नं. २ प्रदेश (१) बाट समानुपातिकतर्फबाट निर्वाचित सांसद अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिए । सत्ता साझेदार दलहरुको तर्फबाट भने राप्रपाका भुवन पाठक उम्मेदवार […]