काठमाडौं । माछापुच्छ्रे बैंकले कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुरमा नयाँ शाखा विस्तार गरेको छ । शाखा कार्यालयको उद्घाटन बिहीबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले एक कार्यक्रमका बीच गरेका छन् । माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराको पनि उपस्थिति रहेको थियो । नयाँ शाखा सञ्चालनमा आएसँगै कैलालीमा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ […]