धौलागिरि आधारशिविर पुग्ने पर्यटकलाई होटलको सुविधा

बेनी : रघुगङ्गा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको दक्षिणी आधारशिविर जाने पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा आएको छ।रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको सेतिनी भ्यालीमा व्यवसायी कुशल पाइजाले होटल सञ्चालनमा ल्याएका हुन्।होटल सञ्चालनमा आएपछि टोड्के–धौलागिरि पानोरमा पदमार्ग, धौलागिरि आइसफल पदमार्ग र धौलागिरि सेञ्चुरी पदमार्गमा जाने पर्यटकलाई सहज हुने भएको छ।‘पदमार्ग सञ्चालनमा आए पनि खान र बसोबासको सुविधा नहुँदा पर्यटकलाई समस्या थियो, अहिले १० देखि १५ जनालाई बसोबासको समेत सुविधासहित