कामना विकास बैंकको आयोजनामा फुटसल कप प्रतियोगिता हुने

‘स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क’ मुल नारासहित कामना विकास बैंकले वित्तीय क्षेत्रलाई समेटेर कामना सेवा फुटसल कप २०२१ प्रतियोगिताको आयोजना गर्ने भएको छ । बैंकले बैंक तथा वित्तीय तथा बीमा क्षेत्रका कर्मचारीहरुलाई समेटेर यहीँ पुस ९ र १० गते काठमाडौंमा फुटसल प्रतियोगिता गर्न लागेको हो ।उक्त फुट्सल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु समेत गरी कुल २४ वटा टिम सहभागी हुने बैंकले जनाएको छ । उक्त खेलको लागि गोला प्रथाको प्रक्रियाबाटसमूह विभाजन गरिएको बैंकले जनाएको छ