अष्ट्रेलियाले १० वर्षमा पहिलो पटक बढायो ब्याजदर, महँगी २० वर्षयताकै उच्च

सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाको केन्द्रीय बैंकले एक दशकभन्दा बढी समयमा पहिलो पटक ब्याजदर बढाएको छ । रिजर्ब बैंक अफ अष्ट्रेलिया (आरबीए)ले मंगलबार ब्याजदर बढाएर शून्य दशमलव ३५ प्रतिशतमा पुर्याएको छ । देशभरमा महँगी बढेर २ दशकभन्दा बढी समययताकै उच्च स्तरमा उक्लिएको छ । आकाशिएको महँगी नियन्त्रण गर्न बैंकले ब्याजदर वृद्धिको साहारा लिएको हो ।  यसले घरपरिवारको बजेटमाथि थप दबाब सृजना हुने छ । महँगी अपेक्षा गरिएभन्दा तीव्र दरमा बढेको भएपनि बेरोजगारी दर न्यून रहेको र तलब वृद्धिमा सुधार आएको प्रमाण देखिएको आरबीएका गभर्नर फिलिपि लोवेले बताए । कोरोना भाइरसको महामारीको समयमा अष्ट्रेलियाली अर्थतन्त्रलाई टेवा दिन अपनाइएको असाधारण मौद्रिक नीतिमध्ये केहीबाट हात झिक्ने समय अहिले भएको उनले विज्ञप्तिमा भनेका छन् ।  अष्ट्रेलियाली अर्थतन्त्रको परिदृश्य सकारात्मक रहेको भएपनि आगामी दिनमा थप ब्याजदर वृद्धि हुने संकेत उनले गरेका छन् । अहिले अष्ट्रेलियाले निर्वाचनको तयारी गरिरहेको छ । यसअघि निर्वाचनको अभियान चलेकै समयमा सन् २००७ मा पनि ब्याजदर बढाइएको थियो । अष्ट्रेलियामा महँगी ५ दशमलव १ प्रतिशतमा उक्लिएको छ । यो २१ वर्षयताकै उच्च हो । पछिल्लो समय विश्वभर खाने तेल देखि कच्चा तेलसम्म सबै कुरा महँगिएका छन् । महँगी नियन्त्रण गर्न अमेरिका, बेलायत लगायत अधिकांश ठूला अर्थतन्त्रका केन्द्रीय बैंकहरुले ब्याजदर बढाइरहेका छन् । 

सम्बन्धित सामग्री

तीन सय ८० हेक्टर जमिनमा सिँचाइले उत्पादन बढायो

रसुवा, १८ साउन । क्रमिकरूपमा कुलो निर्माणबाट रसुवामा भएको सिँचाइको व्यवस्थाले कृषि उपज बढ्न थालेको छ । सिँचाइ डिभिजन कार्यालयले किसानको माग र टट्कारो आवश्यक्ताअनुसार गत आर्थिक वर्षमा १२ वटा नयाँ सिँचाइ कुलो निर्माण र १० वटा भइराखेको सिँचाइ  कुलो मर्मत भएसँगै उर्वर भूमिमा पानीको आपूर्तिले कृषिउपज बढ्न थालेको हो । समय समयमा पानी नपर्दा […]

क्यानडामा इच्छामृत्युले बढायो समस्या, १ वर्षमा १० हजारले गरे आत्महत्या

एजेन्सी, २२ मंसिर । क्यानडामा इच्छामृत्युलाई अनुमति दिनु समस्या बन्दै गएको छ । यहाँ गत वर्ष अर्थात् २०२१ मा नै १० हजारभन्दा बढीले इच्छामृत्युबाट आफ्नो ज्यान दिएका थिए । यो वर्षभरि क्यानाडामा हुने कुल मृत्युको ३% भन्दा बढी हो। अब ४ महिनापछि सन् २०२३ को मार्चमा मानसिक रोगीलाई पनि कानुनअनुसार मर्ने अनुमति दिइनेछ । यसअन्तर्गत […]

देखापढी विजिनेश न्यूज

काठमाडौं। गत आवमा तीन अर्बको नेपाली छुर्पी अमेरिकासहित २९ देशमा निर्यात भएको छ। ‘अफ सिजन’ मानिने जुलाई महिनामा ४५ हजार गरी सात महिनामा तीन लाख पर्यटक नेपाल भित्रिए। नेप्सेले शुक्रबार हुने सेयर कारोबार बन्द गर्ने भएको छ। कच्चा पदार्थको मूल्यवृद्धिले खुद नाफा घटेपनि पञ्चकन्या स्टिलले एक वर्षमा २ अर्बले आम्दानी बढायो। इन्डोनेसियामा बनेको इलेक्ट्रिक स्कुटर भित्र्याउने बज्र ग्रुपले घोषणा गरेको

काठमाडौं महानगरले शिक्षाको बजेट तीन गुणा बढायो

२० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षाको लागि आगामी आर्थिक वर्षमा ७० करोड रुपैयाँ भन्दा धेरै बजेट बिनियोजन गरेको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा तीन गुणा बढी हो । काठमाडौं महानगरपालिका शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीले भने ‘चालु आर्थिक वर्षका लागि करिब २२ करोड छुट्याइएको थियो । आगामी आर्थिक वर्षको लागि ७० करोड […]

तीन वर्षमा पनि सकिएन भूमिगत तारको काम, पैदलमा सधैँ सकस

काठमाडौं : सरकारले अहिले कुरूप देखिएको बिजुली,इन्टरनेट लगायतका तार व्यवस्थित गर्ने भन्दै तारलाई भूमिगत (अन्डरग्राउण्ड) गर्न वि.स २०७४ सालमा प्रक्रिया अघि बढायो।त्यही सालमै व्यवस्थापिका संसदको विकास समितिले काठमाडौं उपत्यकाभित्रको अव्यवस्थित रूपमा रहेका बिजुली, केबल, फोन तथा इन्टरनेटका तार हटाउन सरकारलाई निर्देशन दिएको थियो।तार व्यवस्थित गर्न नेपाल विद्युत प्राधिकरण र भारतीय निर्माण कम्पनी एइआई इन्डस्ट्रिजबीच सन् २०१९ मार्चमा ठेक्का सम्झौता भयो। यी कम्पनीले नै रत्नपार्क र महाराजगञ्ज क्ष

सरकारले बढायो भरियाको दैनिक ज्याला

काठमाडौं। सरकारले भरियाको दैनिक ज्याला बढाएको छ। जिल्ला प्रशासन कार्यालयले भरियाको तलब गत आर्थिक वर्ष २०७७÷७८कोभन्दा दैनिक ४० रुपैयाँले बढेको हो। कार्यालयको नयाँ दरअनुसार यो आर्थिक वर्षमा भरियाले दैनिक ८२५ रुपैयाँ ज्याला पाउनेछन्। गत आर्थिक वर्षमा दैनिक ७८५ रुपैयाँमा सीमित थियो। सरकारले सबै प्रकारका कामदारको तलब बढाउँदा भरिया पनि यसमा समेटिएका हुन्। अघिल्लोपटक२०७६सालमा भरियाको ज्याला बढेर ७८५रुपैयाँ कायम भएको थियो।

कर्णाली प्रदेशले बढायो बजेट खर्च

कर्णाली । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजित बजेटको ६५ प्रतिशत खर्च गरेको जनाएको छ । कोरोना महामारीबीच पनि प्रदेश सरकारले विनियोजित बजेटमध्ये पूँजीगततर्फ ७०.६३ र चालूतर्फ ५७.८७ प्रतिशत खर्च गरेको हो । जुन अघिल्ला तीन आर्थिक वर्षको तुलनामा धेरै हो । गत आर्थिक वर्षमा प्रदेश सरकारले ल्याएको कूल बजेट ३३ अर्ब […]

कोभिड–१९ र लकडाउनले बढायो महिला हिंसा

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ११ महिनामा महिला तथा बालबालिकासम्बन्धी मुद्दामा वृद्धि भएको छ। यो अवधिमा दैनिक औषतमा १२.५८वटा महिला तथा बालबालिकासम्बन्धी हिंसाका घटना नेपाल प्रहरीमा दर्ता भएका हुन्। गतआर्थिक वर्षमा औषतमा दैनिक ११.२१ घटना दर्ता भएका थिए। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म चारहजार ३०२वटा महिला बालबालिका सम्बन्धी अपराधका मुद्दा दर्ता भएका छन्। यो संख्या गत आर्थिक वर्षमा चारहजार ९२थियो।

कोरोनाले बढायो ब्यान्डविथ आयात

कोरोनाका कारण बढेको भर्चुअल गतिविधिले इन्टरनेट ब्यान्डविथ आयातबापत नेपालबाट बाहिरिने रकम बढेको छ । अघिल्ला वर्षमा वार्षिक औसत दुई अर्ब रुपियाँ ब्यान्डविथ आयातबापत विदेशिने गरेकामा कोरोना सङ्क्रमणयता सात महिनामै त्यसकै हाराहारी पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत २०७६ चैतदेखि २०७७ असोजसम्म एक अर्ब ८२ करोड रुपियाँ ब्यान्डविथ आयातमा खर्च भएको छ । कोरोना सङ्क्रमणका नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण भर्चुअल गतिविधि बढेको समय पनि यही नै हो । जब कि २०७५ चैतदेखि २०७६ असोजसम्म ब्यान्डविथ आयातबापत ए...