पार्टीलाई खुट्टा टेकाउनका लागि एमालेसँग तालमेल : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने दाबी गरेका छन् । शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा थापाले स्थानीय तहको निर्वाचनबाट आफूहरूको सम्मानजनक उपस्थिति हुने र पार्टी स्थापित गरिने बताए । उनले केही समयपछि लिङदेन नेतृत्वको राप्रपा पनि राप्रपा नेपालमै...

सम्बन्धित सामग्री

भीम रावलको नजरमा राजनीतिक अनैतिकताका दुई नमुना : कमल थापा र उपेन्द्र यादव !

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले राप्रपा नेपालका अध्यक्ष कमल थापा र जसपाका अध्यक्ष उपेन्द्र यादवको नैतिकतामाथि प्रश्न गरेका छन् । सोमबार राति सामाजिक सञ्जालमार्फत रावलले थापाले एमालेको सूर्य चिह्न लिएर उमेदवार भएकोप्रति असन्तुष्टि जनाएका हुन् । साथै उनले जसपाले सरकारमा भएर पनि प्रतिपक्ष दल एमालेसँग तालमेल गरेकोप्रति आपत्ति जनाएका छन् ।  "राजनीतिक...

जीत सुनिश्चित गर्न सूर्य चिह्न रोजेँ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जीत सुनिश्चित गर्नकै लागि एमालेसँग तालमेल गरेको बताएका छन्। मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएपछि उनले एमाले नेता कार्यकर्ताको चित्त बुझाएर अघि बढ्ने बताएका हुन्। उनले भने, ‘मैले एमालेको साथ पाउनु खुसीको कुरा हो। मैले जीत सुनिश्चित गर्नको लागि सूर्य चिह्न रोजेको हुँ। […]

प्रधानमन्त्रीमा देउवा र ओलीबीच छान्नुपर्दा जनताले ओलीलाई नै छान्छन्ः कमल थापा

झापा – राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी चुनावमा नेकपा एमालेसँग तालमेल गर्न आफ्नो दल इच्छुक रहेको बताएका छन् । थापाले अबको प्रधानमन्त्रीका उम्मेद्वार सम्भवतः केपी शर्मा ओली र शेरबहादुर देउवा नै हुने भएकाले दुई उम्मेदवारमध्ये जनताले ओलीलाई नै छान्ने दाबी गरे। झापाको बिर्तामोडमा सोमबार साँझ पत्रकारहरूसँग बोल्दै थापाले राप्रपा नेपाल सम्भावित प्रधानमन्त्रीको उम्मेदवारलाई तुलना […]

एमालेसँग तालमेल भएका ठाउँमा सूर्यमा मतदान गर्न राप्रपा नेपालको आह्वान

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले नेकपा (एमाले)सँग चुनावी तालमेल भएका ठाउँमा सूर्य चिह्नमा मतदान गर्न नेता–कार्यकर्तालाई आह्वान गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले आफ्ना उमेदवार भएका ठाउँमा तीरमा र एमालेसँग तालमेल भएका ठाउँमा सूर्यमा मतदान गर्न आह्वान गरेको हो । “२०७८ चैत ३० गते नेकपा (एमाले)सँग स्थानीय तहको...

एक्लै चुनावमा जानु बुद्धिमानी देखिएन : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय चुनावमा विभिन्न दलहरु तालमेल गरेर जाने भएपछि आफ्नो पार्टी एक्लै चुनावमा जानु बुद्धिमानी नदेखिएको बताएका छन् । सोही कारण एमालेसँग तालमेल गरेर सूर्य चिह्न लिएर चुनाव लड्ने निर्णय गरेको उनको भनाइ छ । उनले एमालेले आफ्नो पार्टीलाई स्वीकार गरेकामा प्रसन्नता पनि व्यक्त गरेका छन् । ‘राष्ट्रियता,आर्थिक समृद्धि र स्थिरताको कारण हामीले नेकपा (एमाले)सँग सहकार्य गर्ने निर्णय गरेका हौँ। नयाँ पार्टी भएपनि राप्रपा नेपालसँग सहकार्य गर्न तयार भएकोमा एमालेलाई ध

एमालेसँग तालमेल सम्भावना छ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेसँग स्थानीय निर्वाचनमा तालमेल हुनसक्ने बताएका छन् । राप्रपा नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले सूर्य चिह्नलाई साझा बनाउने विषयमा छलफल भइरहेको बताए । ‘हामी अहिलेको चुनावमा ठूलो महत्त्वाकांक्षा बोकेका छैनौं,’ थापाले भने, ‘तर चुनाव जित्न र जिताउनका लागि एमालेसँग तालमेल हुने सम्भावना प्रशस्त छ ।’

राजनीतिक दलको विकल्प राजसंस्था होइन, चुनावमा एमालेसँग तालमेल हुनसक्छ : कमल थापा

चितवन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलको विकल्प राजसंस्था नभएको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले राजनीतिक दलको विकल्प राजनीतिक दलनै भएको बताउनुभयो । उनले भने, “दलको विकल्पमा राजसंस्थालाई लिन सकिँदैन ।” जनताले कहिले कुन पार्टीलाई ठूलो त कहिले कुनलाई ठूलो दल बनाउने गरेको भन्दै उनले राप्रपा नेपाल सक्रिय...