राष्ट्रिय सभामा लोकसेवा आयोगको वार्षिक प्रतिवदेन पेश

राष्ट्रिय सभाको आजको बैठकमा ‘लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले आयोगको प्रतिवेदन सभामा पेश गरे । यस्तै विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पेश गरे । राष्ट्रिय सभाको अर्को बैठक असार २७ गते आइतबार अपर...