जसपाका प्रदेशसभा सदस्य बने काँग्रेस महाधिवेशन प्रतिनिधि, सुटुक्क भोट हालेर फर्किए

तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य प्रेम तामाङ काँग्रेस महाधिवेशन प्रतिनिधि बनेको खुलासा भएको छ । बागमती प्रदेशसभा सदस्य प्रेम तामाङ रसुवाबाट काँग्रेसको महाधिवेशन प्रतिनिधि भएको खुलासा भएको हो । हेटौडामा जारी बागमती प्रदेशको काँग्रेस निर्वाचनमा उनको नाम रसुवाको महाधिवेशन प्रतिनिधिमा ३ नम्बरमा टाँसिएको छ भने उनी भोट हाल्नका लागि शनिबार राति साढे ९ बजेतिर पुगेका थिए ।उनी त्यहाँ राति गएर सुटुक्क भोट हालेर काठमाडौं फर्किएका छन् । प्रदेशसभा सदस्य तामाङले आफू भोट हालेर काठमाड