कक्षा ८ को परीक्षामा कुनै पनि शुल्क नलिन निर्देशन

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा-८ को परीक्षामा कुनै पनि शुल्क लिने व्यवस्था नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ। शिक्षा मन्त्रालयले स्वीकृत गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका २०८०/०८१ मा कुनै पनि शुल्क लिन नहुने उल्लेख छ।शिक्षा मन्त्रालयका अनुसार कक्षा-८ को परीक्षा सञ्चालन तथा प्रमाणीकरण एवं विद्यार्थी मूल्यांकन स्थानीय तहले कक्षा ८ को परीक्षा सञ्चालन तथा प्रमाणीकरणसम्बन्धी मापदण्ड, २०७६ राष्ट्रिय परीक्षा बोर्डबाट विकास भएको परीक्षा ढाँचाको परिधिभित्र रही परीक्षाको स्त