तीन दशकमा पनि बनेन बुद्धसिंह मार्ग

सदमुकाम दमौलीबाट जिल्लाको दक्षिणी भेग कछारका बासिन्दालाई सडकको पहुँचसँग जोड्ने उद्देश्यका साथ ३१ वर्षअघि स्थानीयकै सक्रियतामा बुद्धसिंह मार्ग सडकको ट्र्याक खनिएको थियो । तीन दशक नाघिसक्दा पनि उक्त मार्गको हालत भने उस्तै छ । यात्रु हिउँदमा धूलो र बर्खामा हिलोको सास्ती झेल्न बाध्य छन् ।