नेपाली सेनासँग संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेना काठमाडौंमा

काठमाडौं । नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्न अमेरिकी सेनाको टोली सोमबार काठमाडौं आइपुगेको छ । क्याप्टेन ब्लेक डुकारेलको कमान्डमा आएको १६ सदस्यीय टोलीले ‘एक्स ब्यालेन्स नेल’ सैन्य अभ्यास नेपाली सेनासँग संयुक्त रूपमा गर्नेछ । यो सैन्य अभ्यास एक महिनासम्म सञ्चालन हुने छ भने छाउनी र नगरकोट इलाकामा सञ्चालन हुने छ। नेपाली सेनाको रेन्जर गणका […]

सम्बन्धित सामग्री

संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेना आज काठमाडौं आउँदै

काठमाडाैं । नेपाली सेना र अमेरिकी सेनाबीच आगामी भदौ २४ देखि असोज १२ गतेसम्म संयुक्त सैन्य अभ्यास हुने भएको छ । नेपाली सेना र अमेरिकी सेनाबीच हुँदै आएको उक्त सैन्य अभ्यासको यो ४०औं संस्करण हो । संयुक्त सैन्य अभ्यासमा भाग लिन अमेरिकी सेनाको १२ सदस्यीय टोली आज बिहीबार काठमाडौं आउँदै छ । उक्त संयुक्त सैन्य […]

नेपाली र अमेरिकी सेनाबीच छाउनीमा संयुक्त अभ्यास सुरु

काठमाडौं। नेपाली सेना र अमेरिकी सेनाबीच आजबाट नेपालमा संयुक्त सैन्य अभ्यास सुरु भएको छ। संयुक्त सैन्य अभ्यासको नाम ‘एक्स–टेक नेल २३–३०११’ दिइएको छ। सैन्य अभ्यास छाउनीस्थित महावीर योजना तथा समन्वय महाशाखामा सुरु भएको नेपाली सेनाले जनाएको छ। संयुक्त सैन्य अभ्यासमा ४५ जना नेपाली सेना र १९ जना अमेरिकी सेना सहभागी रहेका छन्। सैन्य अभ्यास फेब्रुअरी ३, २०२३सम्म चल्ने छ।

नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डाका अनुसार दुई देशका सेनाबीच एक महिना सैन्य अभ्यास हुने भएको हो ।दुई देशका सेनाबीच यही साउन ३१ देखि भदौ ३१ गतेसम्म हुने सैन्य अभ्यासमा नेपालको रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडी सहभागि हुनेछन् । उक्त सैन्य अभ्यासमा नेपाली सेनाको तर्फबाट ८० र अमेरिकी सेनाको तर्फबाट १६ गरी ९६ जनाको सहभागि रहने जंगी अड्डाले जनाएको छ । सैन्य अभ्यासका लागि अमेरिकी सेना मंगलबार नेपाल आइपुग्ने नेपाली सेनाले जनाएको छ ।

नेपाली र अमेरिकी सेनाबिच संयुक्त सैन्य अभ्यास आजबाट

काठमाडौँ । नेपाली र अमेरिकी सेनाबिच संयुक्त सैन्य अभ्यास आज (सोमबार)बाट हुँदै छ । नेपाली सेना र अमेरिकी सेनाबिच सोमबारबाट ‘टीक नेल’ नामक सैन्य अभ्यास सुरु हुन लागेको हो । विपद् व्यवस्थापनमा केन्द्रित हुने सैन्य अभ्यासमा भाग लिन २० जना अमेरिकी सेना नेपाल आएका छन् । नेपाली र अमेरिकी सेनाबिचको सैन्य अभ्यास काठमाडौँ र पोखरामा […]