चामल आयात घट्यो, धान बढ्यो

चालु आर्थिक वर्षको नौ महिनामा चामल आयात घटेको छ भने धानको आयात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा १६ अर्ब २४ करोड १३ लाख १७ हजार रुपियाँ बराबरको धान आयात भएको छ । गत वर्ष सो अवधिमा १५ अर्ब २२ करोड १२ लाख ९९ हजार रुपियाँको धान आयात भएको थियो । गत वर्षको तुलनामा एक अर्ब रुपियाँभन्दा बढीको धान आयात भएको हो ।

सम्बन्धित सामग्री

धान–चामल आयातमा लाग्यो ‘ब्रेक’

चालु आर्थिक वर्षमा नेपालको आयात नै १६ प्रतिशतले घटेकाले धान–चामल पनि कम आएको छ । तर, भारतले धान–चामल निर्यातमा लगाइदिएको २० प्रतिशत भन्सार नै यिनको आयात घट्नुको प्रमुख कारण भएको व्यवसायीहरू बताउँछन् ।

चामल आयात घट्यो, धान बढ्यो

काठमाडौं, वैशाख ९ । चालु आर्थिक वर्षको नौ महिनामा चामल आयात घटेको छ भने धानको आयात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा १६ अर्ब २४ करोड १३ लाख १७ हजार रूपैयाँ बराबरको धान आयात भएको छ । गत वर्ष सो अवधिमा १५ अर्ब २२ करोड १२ लाख ९९ हजार रूपैयाँको […]

धान तथा चामलको आयात घट्यो, पछिल्लो आठ महिनामा २६ अर्बभन्दा बढीको भित्रियो

काठमाडौं, ९ चैत। नेपालले पछिल्लो आठ महिनामा विभिन्न देशबाट २६अर्ब ६करोड ६९लाख ६१हजार रुपैयाँको धान तथा चामल आयात गरेको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा उक्त मुल्यमा ५७करोड ५५लाख ९९हजार ९२२ केजी धान तथा चामल नेपाल भित्रिएको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा नेपालले ३६अर्ब ७६करोड ५७लाख ५८हजार रुपैयाँको धान तथा चामल आयात गरेको थियो।

४५ अर्बको धान चामल आयात

काठमाडौं । हरेक १५ असारमा मनाइने राष्ट्रिय धान दिवस बुधबार पनि विगतका वर्षझैं देशका विभिन्न ठाउँमा धान रोपाइँ गरेर मनाइयो । तर, कृषिप्रधान मुलुकमा सधंै मलको हाहाकार हुँदा वास्तविक किसानले भने अझै पनि आफ्नो खेतमा रोपाइँ सम्पन्न गर्न सकेका छैनन् । सरकारले २०६१ देखि हरेक वर्ष १५ असारको दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको […] The post ४५ अर्बको धान चामल आयात appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रिय धान दिवस: सुदूरमा वर्षेनी चामल आयात बढ्दै, अहिलेसम्म ४३ प्रतिशत रोपाइँ

जमिन प्लटिङ भएर घडेरीमा बिक्री हुनु, युवाहरु विदेश पलायन भएर जमिन बाँझै हुनु र बर्सेनि बाढी पहिरोका कारण जमिन कटान तथा डुबानले धानबाली उब्जनीमा कमी भइरहेको छ। जसले गर्दा बर्सेनि चामल आयात बढ्दै गइरहेको कैलाली भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ।...

अमेरिका र इटालीबाट समेत भित्रिन्छ नेपालमा चामल

चालु आर्थिक वर्ष (२०७८/७९) मा नेपालले विदेशबाट ४५ अर्ब २८ करोड रुपैयाँको धान र चामल आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको धान, चामल, धानको बिउ र कनिका आयात भएको हो ।यस अवधिमा विदेशबाट २७ अर्ब ११ करोड रुपैयाँको चामल आयात भएको छ । यस्तै, १५ अर्ब ९२ करोड रुपैयाँको धान र १ अर्ब ३८ करोड रुपैयाँको कनिका आयात भएको छ । यसैगरी, यस अवधिमा ८७ करोड रुपैयाँको धानको बिउ आयात भएको तथ्याङ्कले देखाएको छ । यही अवधिमा विदेशबाट ५० लाख रुपैयाँ बराबरको चिउरा समेत

आज धान दिवस : चालु आर्थिक वर्षमा २७ अर्बको चामल आयात

असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सरकारले विसं २०६१ देखि असार १५ का दिन हरेक वर्ष धान दिवस मनाउँदै आएको छ ।मुलुक कृषि प्रधान भएकाले पनि त्यसको महत्व दर्साउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो । हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ । मलिलो र बढी उब्जनी हुने फराकिला फाँटमा आजकल धान होइन, कङ्क्रिटका जङ्गल बढ्दै गएको छ ।खेती गर्नेको आत्मसम्मान समेत बढ्न सकेको छैन । सोही कारण हरेक दिन विदेशिने युवाले पठाउने विप्रेषण खर्चबाटै चामल आयात हुने गरेको छ । भन्सार विभागले

धान उत्पादन बढे पनि चामल आयात वृद्धि

मुलुकमा यो वर्ष धान उत्पादन बढे पनि चामल आयात समेत बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनासम्म ४१ अर्ब ७७ करोड ४७ लाख २८ हजार रुपैयाँ बराबरको चामल, धान, मकै, गहुँलगायतका खाद्यान्न आयात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिभन्दा ५४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको ६ महिनामा २६ […]