राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिले आगामी पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । प्रतिनिधिसभाको ज्येष्ठ सदस्यलाई सम्बोधन गर्दै राष्ट्रपति कार्यालयबाट पठाइएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सम्वत् २०७९ साल पुस २५ गते सोमबारका दिन १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको छु।’ सोमबार मात्रै प्रधानमन्त्री