रुसी मुद्रा ‘रुबल’ इतिहासकै कमजोर अवस्थामा

काठमाडौं, १७ फागुन । पश्चिमा राष्ट्रहरुले लगाएको आर्थिक प्रतिबन्धको असर रुसमा तिब्ररुपमा देखिन थालेको छ । आर्थिक संटक देखिन थालेपछि सोमबार रुसको केन्द्रीय बैंकले प्रमुख ब्याजदरहरु ९.५ प्रतिशत बाट बढाएर २० प्रतिशत पुर्याएको छ । यस्तै, रुसी मुद्रा रुबल ३० प्रतिशतले घटेर प्रतिडलर ११९.५० पुगेको छ जुन इतिहासकै कमजोर अवस्थामा हो । रुवललाई थप कमजोर […]

सम्बन्धित सामग्री

विश्वको आपूर्ति शृङ्खला झनै बिग्रियो, महँगीमा पिल्सिदैं रुसी जनता

चैत १०, काठमाडौं  रुसले युक्रेनमाथि हमला गरेयता विश्वको आपूर्ति शृङ्खला झनै बिग्रिएको छ । कच्चा तेलको भाउमा तीव्र उतारचढाव आइरहेको छ । खाने तेल महँगो भएको छ । गहुँ, मकैलगायत खाद्यान्नहरु महँगो भएका छन् । बेलायतमा महँगी ३० वर्षयताकै ताजा उचाईमा उक्लिएको छ । अमेरिकामा पनि महँगी थेगि नसक्नु भएपछि केन्द्र बैंकले आक्रामक रुपमा ब्याजदर बढाउने योजना अगाडि सारेको छ । भारत, जापानमा पनि महँगी बढेका छन् । युद्धको बाछिटाले नेपाल पनि नराम्ररी भिजेको छ । महँगी थेगिनसक्नु भएको छ । भात भान्सा चलाउन सकस भएको छ । युद्धको रापले रुसीहरु पनि पिल्सिन थालेका छन् । हालै त्यहाँको सरकारले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार चिनि लगायत मुख्य उपभोग्य वस्तुको भाउ गएको एक हप्तामा १४ प्रतिशतले बढेको छ । युक्रेनमाथि हमला गरेयता डलरको तुलनामा रुसी मुद्रा रुबलको भाउ निकै कमजोर भएको छ । मार्चमा डलरको तुलनामा रुबल अहिलेसम्मकै न्यून स्तरमा आएको थियो । यस वर्षको अहिलेसम्मको अवधिमा रुबलको भाउ २२ प्रतिशतले घटेको छ । महँगी पनि छोइ नसक्नु भएको छ । मार्च १८ मा सकिएको हप्तामा रुसको वार्षिक मुद्रास्फीति १४ दशमलव ५ प्रतिशतले बढेको बुधवार त्यहाँको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यो सन् २०१५ को अन्त्ययताकै उच्च हो । संघीय तथ्यांक कार्यालयका अनुसार देशका केही क्षेत्रमा चीनीको भाउ ३७ दशमलव १ प्रतिशतसम्म बढेको छ । औसतमा भने मूल्य वृद्धि १४ प्रतिशत हाराहारी छ । चीनी प्रायः खानेकुरा प्रिजर्भ गरेर राख्न वा रक्सी बनाउन प्रयोग गरिन्छ । समीक्षा अवधिमा चीनीको मूल्य सबैभन्दा धेरैले बढेको छ । प्याजको भाउ पनि गत हप्ता देशका केही क्षेत्रमा ४० प्रतिशत भन्दा धेरैले बढेको छ । औसतमा भने यो वृद्धि १३ दशमलव ७ प्रतिशत भएको तथ्यांकले देखाएको छ । मार्च १८ मा सकिएको हप्तामा डाइपर, कालो चियादेखि ट्वाइलेट पेपरसम्म अधिकांश सामानको भाउ बढेका छन् । रुबल कमजोर बनेकोले आयातित सामान झनै महँगो भएका छन् । एजेन्सीहरुको सहयोगमा

डलरको तुलनामा रुसी मुद्रा हालसम्मकै कमजोर

१६ फागुन, काठमाडौं । अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबल हालसम्मकै कमजोर देखिएको छ । पश्चिमी मुलुकले युक्रेनमा हमला गरेपछि रुसमाथि प्रतिबन्ध लगाएर दण्डित गर्न र एक्लाउन थालेपछि अमेरिकी डलरको तुलनामा रुबल झण्डै ३० प्रतिशतले कमजोर देखिएको हो । जुन हालसम्मकै उच्च हो । हाल रुबलको भाउ प्रति डलर ११९ पुगेको छ । रुसका केही […]