पर्यटन मन्त्री आले र शहरी विकास मन्त्री  झाक्रीले दिए राजीनामा

सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको २० दिनपछि नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीले राजीनामा दिएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गरी संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले र शहरी विकास मन्त्री रामकुमारी झाक्रीले राजीनामा दिएका हुन् । पत्रकार सम्मेलनमा पर्यटन मन्त्री आलेले आफू मन्त्रालयगत काममा ९० प्रतिशत सफल भएको दाबी गर्नुभयो । […]