बिदेशबाट फर्किएपछि फूलसँगै फक्रेको जीवन

ढकमक्क फुलेका सयपत्री फूल देख्दा कस्को पो मन लोभिदैन र रु घरका आँगन वरिपरि, बगैँचाभरि फुलेका फूलले सौन्दर्य मात्र नभई तिहारको चहलपहल बढाएको छ । रामपुरका युवा व्यवसायी दिलबहादुर थापाले लगाउनुभएको सयपत्री फूलले यतिखेर सबैको मन लोभ्याएको छ । यहाँ तिहारलाई फूल खरिद, अवलोकन तथा टिकटक बनाउन, फोटो र भिडियो खिच्न जानेको आकर्षण छ । […]