पाल्पामा चैतेधान खेती गर्न छाड्दै किसान

रामपुर (पाल्पा), ९ जेठ । चैतेधान खेतीले हरियाली हुने अधिकांश खेत अहिले मकैले भरिन थालेका छन् । राम्रै धान फल्ने खेत भए पनि बाउबाजेको पालादेखि लगाउँदै आएको चैतेधान अहिले भने पाल्पाका किसानले क्रमिकरूपमा लगाउन छाड्दै गएका छन् । गाउँमा बसेर खेती गर्ने जनशक्ति नहुनु, वर्षेधान लगाउने र चैतेधान स्याहार्ने समय एकैपटक पर्ने, खानामा त्यति स्वाद […]

सम्बन्धित सामग्री

पाल्पामा चैतेधान खेती गर्न छाड्दै किसान - NepaliPatra

रामपुर । चैतेधान खेतीले हरियाली हुने अधिकांश खेत अहिले मकैले भरिन थालेका छन् । राम्रै धान फल्ने खेत भए पनि बाउबाजेको पालादेखि लगाउँदै आएको चैतेधान अहिले भने पाल्पाका किसानले क्रमिकरूपमा लगाउन छाड्दै गएका छन् । गाउँमा बसेर खेती गर्ने जनशक्ति नहुनु, वर्षेधान लगाउने र चैतेधान स्याहार्ने समय एकैपटक पर्ने, खानामा त्यति स्वाद नहुने, कतिपय ठाउँमा […]

चैतेधानको क्षेत्रफल र उत्पादन दुवै घट्दै

काठमाडौं । चैते धान उत्पादन हुने क्षेत्रफल र उत्पादन दुवै घट्दो क्रममा रहेको सरकारी तथ्यांकले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्ला वर्षमा चैतेधान उत्पादन हुने क्षेत्रफल र यसको उत्पादन घट्दै गएको पाइएको हो । सिँचाइ अभावले चैतेधान उत्पादनतर्फ किसानको आकर्षण नबढेको हो । मन्त्रालयका अनुसार आर्थिक वर्ष (आव) २०७८/७९ मा १ लाख २० हजार ४२ हेक्टर जमीनमा गरिएको खेतीबाट ५ लाख ६१ हजार १ सय ९७ मेट्रिक टन चैतेधान उत्पादन भएको छ । आव २०७९/८० मा उत्पादन क्षेत्रफल ११ हजार ४ सय ३५ हेक्टरले घटेर १ लाख ८ हजार ६ सय ७ हेक्टरमा सीमित भएको छ । यसवर्ष चैतेधानको उत्पादन पनि २० हजार ८ सय ६६ मेट्रिक टनले घटेर ५ लाख ४० हजार ३ सय ३१ टन कायम भएको छ । चैतेधान उत्पादन घट्दै जानुमा सरकार नै प्रमुख कारणका रूपमा रहेको राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम दंगालले बताए । उनका अनुसार चैतेधानको पनि समर्थन मूल्य तोकेर त्यसको सही कार्यान्वयन गर्दै समयमै सरकारले नै खरीद गर्ने व्यवस्था मिलाउन सके र मल, बीउ, सिँचाइको सुविधा दिन सके किसानले उत्पादनमा जाँगर देखाउनेछन् । प्रदेशगत रूपमा सबैभन्दा बढी चैतेधान उत्पादन प्रदेश १ मा हुने गरेको तथ्यांकले देखाएको छ । यहाँ ५८ हजार हेक्टर जमीनमा चैतेधान खेती हुन्छ । उक्त क्षेत्रफलको खेतीबाट ३ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यो कुल उत्पादनको आधाभन्दा बढी हो । कर्णाली प्रदेशमा सबैभन्दा कम चैतेधान उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ । कर्णालीमा १ सय ९१ हेक्टर जमीनको खेतीबाट करीब साढे ८ सय मेट्रिक टन चैतेधान उत्पादन भएको छ । सरकारले चैतेधान उत्पादनमा सम्भावना राम्रो रहेको बताए पनि किसानको आकर्षण घट्दै जानुमा सिँचाइको अभाव प्रमुख कारणका रूपमा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । ‘धानबालीका लागि नियमित सिँचाइ हुनु अपरिहार्य हुन्छ तर चैतेधान रोप्ने समयमा आकाशबाट पानी पर्दैन । जहाँ कुलो वा नहरको व्यवस्था हुन्छ त्यस्तो ठाउँमा मात्रै चैतेधान खेती हुन्छ,’ उनले भने । चैतेधानको समयावधि (धान रोपेदेखि पाक्ने समय) पनि वर्षे धानको भन्दा करीब ३० दिन बढी हुने भएकाले अर्को बालीलाई असर गर्ने समस्या धेरै हुन्छ । यसले गर्दा किसानले यसको खेती कम गर्छन् । वर्षेधान पाक्ने न्यूनतम समय १ सय २० दिन हो भने चैतेधान पाक्ने समय १ सय ५० दिन हो । यसका साथै चैतेधानमा ओसिलोपन बढी हुने हुँदा सुकाउन प्रशस्त समय चाहिन्छ । चैतेधान थ्रेसिङ गरेर सक्नेबित्तिकै किसानले वर्षे धानका लागि तयारी गर्नुपर्ने हुन्छ । यसले गर्दा धान सुकाउन किसानलाई समय हुँदैन । चाँडो सुकाउने मेशिनको अभाव छ । उत्पादन सम्भावनातर्फ हेर्दा अहिलेकै अवस्थामा पनि १ लाख हेक्टर क्षेत्रफल बढाउन सकिने अवस्था छ । तर, विभिन्न समस्याका कारण उत्पादन बढाउन नसकिएको सञ्जेल बताउँछन् ।

पाल्पामा चैतेधान खेती गर्न छाड्दै किसान

चैतेधान खेतीले हरियाली हुने अधिकांश खेत अहिले मकैले भरिन थालेका छन् । राम्रै धान फल्ने खेत भए पनि बाउबाजेको पालादेखि लगाउँदै आएको चैतेधान अहिले भने पाल्पाका किसानले क्रमिकरूपमा लगाउन छाड्दै गएका छन् ।