डलर बलियो बन्ने संकेत, राष्ट्र बैंकले तोकेभन्दा बढी मूल्यमा डलर बेच्दै वाणिज्य बैंकहरू !

काठमाडौं । बुधवार दुई सातायताकै सस्तो भएकाे डलर बलियो बन्ने संकेत देखिएको छ । वाणिज्य बैंकहरूले राष्ट्र बैंकभन्दा बढी मूल्य तोकेपछि डलर बलियो बन्ने संकेत देखिएको हो ।  गत मंगलवारसम्म नेपाल राष्ट्र बैंकभन्दा सस्तोमा डलर बेच्ने गरेका वाणिज्य बैंकहरूले बुधवार (आज) महँगोमा बेचिरहेका छन् । राष्ट्र बैंकले बुधवारका लागि अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ २१ पैसा र विक्री दर १३१ रुपैयाँ ८१ पैसा तोकेको छ । यो पछिल्लो दुई सातायताकै सस्तो हो । दुई साताअघि गत फागुन ३० गते डलरको विक्री दर १३० रुपैयाँ ७० पैसा थियो ।  बुधवार सिद्धार्थ बैंकबाहेक अन्य सबै बैंकले तोकेको डलरको विक्री दर राष्ट्र बैंकभन्दा बढी छ । सिद्धार्थ बैंकले आजको डलरको विक्री दर १३१ रुपैयाँ ८० पैसा तोकेको छ । अन्य बैंकहरूले भने आज १३१ रुपैयाँ ९५ पैसासम्ममा डलर विक्री गरिरहेका छन् ।  यस्तै प्राइम बैंकमा डलरको मूल्य सबैभन्दा महँगो छ । बैंकले १३१ रुपैयाँ ९५ पैसामा डलर विक्री गरिरहेको छ । बैंकले बुधवार १३१ रुपैयाँ ३५ पैसामा डलरको खरीद गरिरहेको जानकारी दिएको छ ।  यस्तै सानिमा, एभरेष्ट, सनराइज र स्ट्याण्डर्ड चार्टर्ड बैंककाे प्रतिडलर विक्री दर १३१ रुपैयाँ ८५ पैसा र खरीद दर १३१ रुपैयाँ २५ पैसा छ । एनएमबी बैंकले १३० रुपैयाँ ६४ पैसा तिरेर १ डलर किनिरहेको छ भने १३१ रुपैयाँ ९० पैसामा १ डलर विक्री गरिरहेको छ । बाँकी बैंकले १ डलर १३१ रुपैयाँ ९० पैसामा विक्री गरिरहेका छन् भने १३१ रुपैयाँ ३० पैसामा खरीद गरिरहेका छन् ।  गत मंगलवार राष्ट्र बैंकले डलरको विक्री दर १३२ रुपैयाँ १० पैसा र खरीद दर १३१ रुपैयाँ ५० पैसा तोकेको थियो । 

सम्बन्धित सामग्री

तीन वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा

२२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा नियामकीय व्यवस्था उलङ्‍घन गर्ने वाणिज्य बैंकलाई कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले तोकेको ९० प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगर्दा कुमारी बैंक र हिमालयन बैंकलाई नगद जरिवाना सहित […]

धमाधम मर्ज हुँदै वाणिज्य बैंक

काठमाडौं, पुस २५ । मुलुकमा धमाधम ठूला बैंकबीच आपसमा मर्ज हुने एवं एकआपसमा गाभिनेक्रम बढेसँगै वाणिज्य बैंकहरूको संख्या २८ बाट घटेर अब जम्मा १८ वटामा झरेको छ । यसअघि नेपाल राष्ट्र बैंकले दिएको मर्जर सुविधा एवं पहलपछि हाल धमाधम ठूला बैंकहरूबीच यस्तो मर्जर एवं आपसमा गाभिने क्रमले तीब्रता पाएको हो । यही लहरसँगै अब वाणिज्य […]

राष्ट्र बैंकले आज रिपोमार्फत ३० अर्ब बजारमा पठाउने

काठमाडौँ – तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ७ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले […]

राष्ट्र बैंकले आज रिपोमार्फत ३० अर्ब बजारमा पठाउने

तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ७ दिने रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो कात्तिक ३ गते परिपक्व हुने यो रिपो बिहीबार दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र

राष्ट्र बैंकले दुई अर्ब बराबरको रकम लगानी गर्ने

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । सूचनाअनुसार क वर्गका वाणिज्य बैंक रु एक अर्ब ६० करोड, ख वर्गका बैंकले रु ३० करोड र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु १० करोड बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको

तीन स्थानीय तहमा पुगेनन् वाणिज्य बैंक

तीन स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको चालू आर्थिक वर्षको एघार महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार तीन स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न नसकेका हुन् ।बैंकका अनुसार हालसम्म ७५० स्थानीय तहमा मात्रै बैंकिङ पहुँच पुगेको छ । कूल ७५३ स्थानीय तहमध्ये २०७८ जेठसम्म ७५० मा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । विसं २०७७ जेठसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका थिए ।वाणिज्य बैंक नपुगेका स्थानीय तहमा धादिङक

तीन गाउँपालिकामा अझै पुगेनन् वाणिज्य बैंक

काठमाडौं। देशका ७५३ मध्ये ३ वटा स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्न सकेका छैनन्। राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितीको तथ्यांकले तीन गाउँपालिकामा वाणिज्य बैंक नपुगेको बताएको हो। धादिङको रुविभ्याली, जाजरकोटको जुनीचाँदी र बझाङको साइपाल गाउँपालिकामा बैंकले शाखा खोल्न नसकेका हुन्। भौगोलिक विकटता र सुरक्षा चुनौतिका कारण यस्तो भएको बताइएको छ।

तीन गाउँपालिकामा अझै पुगेनन् वाणिज्य बैंक

काठमाडौं। देशका ७५३ मध्ये ३ वटा स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्न सकेका छैनन्। राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितीको तथ्यांकले तीन गाउँपालिकामा वाणिज्य बैंक नपुगेको बताएको हो। धादिङको रुविभ्याली, जाजरकोटको जुनीचाँदी र बझाङको साइपाल गाउँपालिकामा बैंकले शाखा खोल्न नसकेका हुन्। भौगोलिक विकटता र सुरक्षा चुनौतिका कारण यस्तो भएको बताइएको छ।

चार स्थानीय तहमा अझै पुगेनन् वाणिज्य बैंक

काठमाडौं। कुल ७५३ स्थानीय तहमध्ये चार स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न नसकेको नेपाल राष्ट्र बैंकले बताएको छ। गर्भनर महाप्रसाद अधिकारीले प्राविधिक समस्या आउँदा तत्काल शाखा स्थापना गर्न नसकिएको बताए। हाल देशभरका ७४९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन्। केन्द्रीय बैंकले सबै स्थानीय तहमा वाणिज्य बैंक पुर्‍याउने लक्ष्य लिएपछि तीव्र गतिमा शाखा खुल्न थालेका हुन्।

अब मोबाइल ब्यालेन्सबाटै भुक्तानी, राष्ट्र बैंकले दियो अनुमति

मोबाइलको ब्यालेन्सबाटै सामान तथा सेवा खरिदको भुक्तानी गर्न मिल्ने गरी सञ्चालन गर्न लागिएको मोबाइल मनी सेवालाई नेपाल टेलिकमले अनुमति पाएको छ ।  यसका लागि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक मिलेर स्थापना गरेको कम्पनीलाई राष्ट्र बैंकले मंगलबार अनुमति दिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । अनुमतिपत्र पाएको एक महिनाभित्र सेवा सञ्चालन गर्ने योजना रहेको उनले बताए । मोबाइल मनीका लागि पूर्वाधार तयार भए पनि सञ्चालन रणनीति बनाउन बाँकी रहेको अधिकारीले बताए । कान्तिपुरमा खबर छ ।