‘१०–१२ कक्षा पढेको छ, तर तरकारीमा नुन कति राख्नुपर्छ भन्ने अड्कल गर्न सक्दैन !’

मानिसले शिक्षा प्राप्त गर्नु सँगसँगै राम्रो संस्कार पनि सिक्नु आवश्यक छ । हाम्रो घर, परिवार र समाजमा जस्तो प्रकारको संस्कार छ हाम्रा बालबच्चा पनि त्यस्तै बन्दछन् । भन्ने गरिन्छ परिवार नै बाल बालिकाको पहिलो पाठशाला हो । त्यसैले बालबच्चाको अगाडि कहिल्यै पनि नकारात्मक सन्देश दिने कुनै पनि कुरा गर्नु हुँदैन । पढेर राम्रो जीपीए ल्याएर सफल भयो भनेर गर्व गर्नुभन्दा असल बन्नुमा गर्व गर्नुपर्छ । आजकालका धेरैजसाे बालबच्चाहरू आवश्यकभन्दा अनावश्यक कुराहरू (फ्री–फायर, पबजी, टिकटक आदि) मा व्यस्त भइ आफ्नो अध्ययन कार्यप्रति बेवास्ता गरेको देखिन्छ ।ध...