सर्लाहीमा पेट्रोल पम्पमा लुटपाट

सर्लाही । सर्लाहीमा हातहतियारसहित आएका लुटेराहरूको एक समूहले पेट्रोल पम्पमा लुटपाट गरेको छ । सर्लाहीको पर्सा गाउँपालिका २ स्थित  संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर (पेट्रोल पम्प) मा आज अबेर साँझ लुटपाट भएको हो ।पर्सा गाउँपालिका ३ का अध्यक्ष भिखारी साहले सञ्चालन गरेको सो पेट्रोल पम्पमा हातहतियारसहित आएका लुटेराहरूले लाखौं रकम लुटपाट गरेर फरार भएको प्रहरीले जनाएको छ । लुटेराहरूले हवाई फायर गरी ४ लाख रुपैयाँ लुटेर भागेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले जानकारी दिए ।