कुनै पनि बेला इन्टरनेट बन्द हुन सक्ने आईस्पानको चेतावनी, १२ को परीक्षा पनि प्रभावित हुन सक्ने

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जुनुसुकै बेला पनि इन्टरनेट अवरूद्ध हुन सक्ने चेतावनी दिएको छ । प्रेस विज्ञप्ती जारी गर्दै आईस्पानले इन्टरनेट वितरण केन्द्रमा विद्युत काटिएको भन्दै कुनै पनि बेला इन्टरनेट काटिन सक्ने चेतावनी दिएको हो ।  नेपाल विद्युत प्राधिकरणका कार्यालयहरुले विवादित पोलभाडाको निहुँमा देशको विभिन्न भागहरुमा इन्टरनेट सेवा प्रदायकहरुका डाटा...