काठमाण्डौ – नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले किन्न पाउने वैदेशिक रोजगार बचतपत्र खुला गरेको गरेको छ ।
यही वैशाख १७ गतेदेखि जेठ १७ गतेसम्मका लागि वैदेशिक रोजगारीमा रहेका, वैदेशिक रोजगारीबाट फर्किएको ६ महिना नकटेका र गैरआवासीय नेपालीहरूले आफू र आफ्नो परिवारको नाममा खरिद गर्न सक्ने गरी ९७ करोड ७५ लाख ७० हजार रुपैयाँको वैदेशिक रोजगार बचतपत्र २०८५ खुला गरेको हो ।
बचतपत्र घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरीको रकमसम्म किन्न सकिन्छ । यसरी खरिद गरिए...