प्रहरी कार्यालय दार्चुलाको नयाँ भवनको शिलान्यास

दार्चुला – जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ भवनको सोमवार शिलान्यास गरिएको छ । ११ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको भवनको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयले शिलान्यास गर्नुभयाे । भवनको शिलान्यास गर्दै डीएसपी पाण्डेयले भवन निर्माणसँगै प्रहरी सङ्गठनले आफनो गुणस्तरीयतामा थप वृद्धि गर्ने बताउनुभयाे ।  पुरानाे भवन जीर्ण भएपछि अहिले जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ भवन बन्न लागेको हो । भवनको निर्माण १८ महिनामा सम्पन्न गरिसक्ने गरी सम्झौता भएको ...

सम्बन्धित सामग्री

४ करोड ६० लाखको लागतमा प्रहरीको भवन बन्दै

दाङ – इलाका प्रहरी कार्यालय सिसहनियाँ कार्यालयको भवन बन्न थालेको छ। राप्ती गाउँपालिका–५ प्रगतिनगर सिसहनियाँमा रहेको इलाका प्रहरी कार्यालयमा नयाँ बन्न लागेको भवनको शिलान्यास जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर ओलीले गरेका छन्। प्रहरी प्रधान कार्यालय नक्शाल काठमाण्डौंको ४ करोड ६० लाख २७ हजार ९ सय १ रुपैयाँको लागतमा सो भवन बन्न लागेको […]

प्रदेश प्रहरी मुख्यालय भवन शिलान्यास

वाग्मती, २५ वैशाख: वाग्मती प्रदेशको राजधानी हेटौँडामा प्रदेश प्रहरी कार्यालय मुख्यालय भवनको आजदेखि निर्माण कार्य शुरु गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेलले आज उक्त भवनको शिलान्यास गरे । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा प्रदेश प्रहरी कार्यालयको परिसरमा कूल रु ३२ करोडको लागतमा तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने […]