काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार महर्जनको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । […]
काठमाडौं । काठमाडौं जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तमाथि बयान शुरु भएको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजबाट बयान शुरु भएको हो । बयानका क्रममा आज केशव दुलाल र सागर राईको बयान लिइएको छ । अरू आरोपितको बयान क्रमशः हुँदै जानेछ । अब आइतवार पनि बयान जारी रहनेछ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका दुलाल यो ठगी प्रकरणका मुख्य बिचौलिया रहेको पाइएको छ । पूर्ववडाध्यक्षसमेत रहेका राई पनि यो ठगी प्रकरणमा बिचौलिया रहेको खुलेपछि पक्राउ गरिएको थियो ।
उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । तीमध्ये मुद्दा दर्ता गर्दासम्म १६ प्रकाउ परेका थिए । आज एकजना फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ परेका छन् । महर्जनसहित १६ जना अभियुक्त प्रकाउ भएका छन् । अझै १३ जना अभियुक्त फरार छन् । फरार अभियुक्तविरूद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ ।
अदालतमा उक्त प्रकरणका अभियुक्तको बयानपछि थुनछेक बहस हुनेछ । अभियुक्त थुनछेक बहसपछि धरौटीमा थुनामुक्त हुने वा थुनामा पठाउने निर्णय अदालतले गर्नेछ । रासस
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका दुई पूर्वमन्त्रीसहित ३० आरोपितविरुद्ध चारवटा कसुरमा मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले प्रहरीले दुई दिनअघि बुझाएको प्रतिवेदन अध्ययन गरी बुधबार अदालतमा मुद्दा दायर गरेको हो । २२७१ दर्ता नम्बर रहेको सो मुद्दामा ठगी प्रकरणमा मुछिएकाविरुद्ध ठगी, संगठित अपराध तथा राज्यविरुद्धको अपराधका साथै किर्तेमा समेत सजाय माग […]
The post नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझी र खाँणको मुद्दा कमजोर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान प्रतिवेदनमा बालकृष्ण खाण २०७८ पुस २९ मा गृहमन्त्री भएपछि बिचौलियासँग बैठक गरेको उल्लेख छ।...
काठमाडौँ- पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएसँगै चर्चामा रहेको अपराध हो संगठित अपराध। यस किसिमको अपराधमा कुनै पनि समूह अपराध गर्नकै लागस भनेर तयार गरिएको हुन्छ। उक्त समूहले एक मात्रै नभइ थुप्रै अपराध पनि गर्न सक्छ। आजको कार्यक्रम कानुनमा के छ? मा हामि संगठित अपराध भनेको के हो? कस्तो किसिमका अपराध यस अन्तर्गत पर्दछन्? […]
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी प्रकरण दबाउन खोजे जनआक्रोशको आँधीबेहरी आउने चेतावनी दिएका छन् ।
मानव तस्करी, संगठित अपराध र ठगीजस्ता जघन्य अपराधको प्रहरीले छानविन गरिरहेको अवस्थामा छानविन...
जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी किन लुकेर बसेका भनी प्रश्न गरेका छन्।...
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा गरिएको ठगी प्रकरणमा राजनीतिक नेतृत्वको उच्च तह तानिँदै गएको छ । यो प्रकरणको सुरुमै एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी विवादमा आएका छन् । उनलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । पुर्जी जारी हुँदै गर्दा सार्वजनिक कार्यक्रममा विशेष अतिथि रहेका रायमाझी त्यसपछि फरार छन् । […]
काठमाडौं, २२ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नक्कली भुटानी शरणार्थी प्रकरण तत्कालीन केपी शर्मा ओली सरकारको उपहार भएको आरोप लगाएका छन् । ‘नक्कली भुटानी शरणार्थी प्रकरण केपी ओलीको सरकारको उपहार त हो । नेकपाले दुई तिहाइको सरकार बनाउँदा ड्राइभिङ सिटमा को थियो ? यो उहाँले अह्रनखटन मिलाएर भएको घटना हो […]
२१ वैशाख, काठमाडौं । नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएपछि पक्राउ परेका सन्दीप रायमाझीलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ । बुधबार बेलुका रुपन्देहीबाट पक्राउ परेका सन्दीपलाई काठमाडौं ल्याएर अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरी स्रोतले जनाएको छ । उनलाई बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याएको हो […]