काठमाडौँ । अविरल वर्षापछिको बाढी पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतको काम जारी राखेको छ। सेनाले आइतबार दिएको विवरण अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, पाउद्वारमा पहिरोका कारण फसेका ७८ जनालाई हेलिकप्टरबाट उद्धार गरी सोही गाउँपालिकाको मुक्तिमार्ग माध्यमिक विद्यालयमा पुर्याइएको छ। पर्वत, म्याग्दी र बागलुङका विभिन्न प्रभावित स्थानबाट ६०२ जनालाई स्थलमार्गबाट उद्धार गरी […]
मुस्ताङ – शनिबार रातिदेखि परेको अविरल वर्षा तथा हिमपातका कारण जोमसोम–कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ । म्याग्दी र मुस्ताङको सीमाक्षेत्र काभ्रेभीरदेखि कोरला नाकासम्मको सडकमा ठाउँठाउँमा पहिरो जानुका साथै उपल्लो मुस्ताङको कोरला पास क्षेत्रमा भारी हिमपात भएपछि आवागमन रोकिएको हो । वर्षाका कारण राष्ट्रिय गौरवको कोरला सडक पूर्ण रूपमा अवरुद्ध हुँदा वैकल्पिक कोरला नाका […]
पोखरा । मनाङको चामेमा पहिरोले मर्स्याङ्दी नदी थुनिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार आइतबार स्थानीय ठाडो खोलाबाट झरेको लेदो सहितको पहिरोले नदी थुनिएको हो। योसँगै नदीमा ताल बन्न थालेको छ। मर्स्याङ्दीमा साईरन बज्न थालेको स्थानीयले बताएका छन्। तटीय क्षेत्रका स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ।
मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएका २२ जनामध्ये दुई जनाको शव फेला परेको छ। आइतबार साँझ १८ः१५ बजेसम्मको अपडेटअनुसार कैलाश हेलिकप्टरमार्फत दुई जनाको शव उद्धार गरी प्रादेशिक अस्पताल मनाङमा ल्याएर राखिएको छ। यस्तै, हिमपहिरोपछि सम्पर्कविहीन भएका १२ जना फू गाउँमा सम्पर्कमा आएका छन्। उनीहरू सुरक्षित अवस्थामा रहेको प्रारम्भिक […]
काठमाडौँ। विगत चार दिनदेखिको निरन्तर वर्षाद्ले गोकर्णेश्वर उत्तरगया पितृतीर्थ क्षेत्रमा सोह्र श्राद्ध गर्न आउनेहरू प्रभावित भएका छन् । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि सुरु भएको हो। आइतबार प्रतिपदा तिथि श्राद्ध गरिँदैछ । विगतका वर्षमा सोह्र श्राद्धको पहिलो दिन यस क्षेत्रमा सयौँ मानिसले श्राद्ध गर्ने स्थानका लागि तोकिएको शुल्क तिरेर रसिद […]