'कहिलेकाँही हैन, कहिले पनि हुँदैन' नारा सहित जोन्टा क्लब अफ काठमाडौंको लैंगिक हिंसा र बाल–विवाह विरुद्ध अभियानको शुरुवात

बाल–विवाह, घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा र सार्वजनिक स्थलमा हुने हिंसाविरुद्ध आवाज उठाउनुपर्ने कुरामा विशेष जोड दिँदै जोन्टा क्लब अफ काठमाडौंले आजबाट लैंगिक हिंसा विरुद्ध अभियान शुरु गरेको छ । यो अभियान संयुक्त राष्ट्रसंघको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान (नोभेम्बर २५ – डिसेम्बर १०) शुरू भएको छ । महिलाहरु माथि निरन्तर रुपमा हिंसाको घटनाहरु भैराखे पनि इज्जत जोगाउनुपर्ने डर, उजुरी गरिहाले पनि सुनुवाई नहुने र साथ नपाइने डरले उजुरी गर्दैनन् । “कहिलेकाँही यस्तो भैहाल्छ नि, एकचोट...